विराटनगर विमानस्थलमा आगलागी नियन्त्रणको अभ्यास

१३ मंसिर ७५, शुक्रबार

विराटनगर,मंसिर १४
विराटनगर विमानस्थलमा विमान उडान र अवतरणका क्रममा हुनसक्ने दुर्घटनाजन्य आगालागीका घटनालाई नियन्त्रण गर्ने उद्धेश्यले शुक्रबार प्रयोगात्मक अभ्यास गरिएको छ ।

आगलागीको अवस्था श्रृजना गरेर विमानस्थलमा उद्धार र आगो नियन्त्रणको अभ्यास गरिएको हो । आपतकालीन अवस्थामा आइपर्नसक्ने जोखिमलाई न्युनिकरण गर्न अभ्यास गरिएको हो ।

Advertisement

अभ्यासमा विमानस्थलमा कार्यरत सुरक्षा निकाय,नागरिक उड्डयन कार्यालयका कर्मचारी र विभिन्न एयरलाइन्सका कर्मचारी सहभागि भएका छन । अभ्यासको क्रममा विराटनगर विमानस्थल रनवेको पुर्वदक्षिणतर्फको खाल्डोमा पेट्रोल खन्याएर आगलागीको अवस्था श्रृजना गरिएको थियो ।

Advertisement

त्यसअघि नै बारुणयन्त्रलाई तयारी अवस्थामा राखिएको थियो भने अग्नि नियन्त्रक कर्मचारीहरु समेत आवश्यक उपकरण सहित तम्तयार अवस्थामा थिए । लगत्तै अभ्यासमा खटिएका कर्मचारीले पेट्रोल खन्याइएको खाल्डोमा आगो सल्काउने वित्तिकै विमानस्थलमा जडान भएको आपतकालिन साइरन बजेको थियो ।

सो साइरन बज्नसाथ अभ्यासमा खटिएका अग्नि नियन्त्रक कर्मचारी र एम्बुलेन्स आगलागीस्थलतर्फ दौडिएका थिए । अभ्यासका क्रममा खटिएका अग्नि नियन्त्रकहरुले दन्दनी सल्केको आगो दुई मिनेट भित्रै पुर्णरुपमा नियन्त्रणमा लिएका थिए भने काल्पनिक घटनामा घाइते भएका यात्रुका आकृतिहरुलाई एम्बुलेन्समा राखेर अस्पतालतर्फ लगेका थिए ।

विमानस्थलमा हुनसक्ने दुर्घटना र आगलागीको जोखिमलाई तत्काल न्युनिकरण कसरी गर्ने भन्ने जानकारीका लागि पुर्नताजगि पूर्वअभ्यास गरिएको विमानस्थलका प्रमुख टेकनाथ सिटौलाले जानकारी दिए ।

Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top