विराटनगर : चालु आर्थिक वर्षको बजेट कार्यान्वयनमा आशंका उब्जिरहेको बेला प्रदेश सरकारले एकैपटक २ अर्ब रुपैँया गाउँ पठाएको छ ।
आर्थिक वर्ष २०७५÷७६ को पहिलो चौमासिकमा एक प्रतिशत पनि बजेट खर्च गर्न नसकेको सरकारले दोस्रो चौमासिकको सुरुवातमै बजेटको ५ दशमलब ५६ प्रतिशत हुने गरी स्थानीय तहमा बजेट पठाएको हो ।
प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले शसर्त अनुदानबापतको पहिलो किस्ता रकम १ सय ३७ स्थानीय तहबाट प्रस्ताव भई १९२ वटा योजना तथा कार्यक्रमको कार्यान्वयनका लागि पठाएको हो ।
चालु आर्थिक वर्षका लागि प्रदेश सरकारले ३५ अर्ब ९३ करोड ६० लाख रुपैँया विनियोजन गरेको थियो । चालु बजेटको खर्च प्रतिशत बढाउनुपर्ने दबाबमा रहेको सरकारले दोस्रो चौमासिकको सुरुवातमै ठुलो बजेट गाउँ पुर्याएको हो ।, यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।