तमोर र जयकिशनको शतकीय साझेदारीले ललितपुरको सहज जित

२४ मंसिर ७५, सोमबार
Share this
732shares

काठमाडौं,मंसिर २४
काठमाडौँमा जारी तेस्रो संस्करणको टिभीएस एभरेष्ट प्रिमियर लिग (ईपीएल)अन्तरगत पाँचौ खेलमा सोमबार भएको खेलमा ललितपुर प्याट्रीयट्सले पोखरा राइनोजलाई ८ विकेटले पराजित गरेको छ ।ओपनर गौरभ तमोर र जयकिशन कोल्सावाले कीर्तिमानी शतकीय साझेदारी गरेपछि पोखरामाथि विशाल जित निकाल्न सफल भयो ।

Advertisement

ललितपुर प्याट्रीयट्सको यो लगातार दोस्रो जित हो भने पोखरा लगातार दोस्रो खेलमा पराजित भयो । पोखराले प्रस्तुत गरेको १ सय ६७ रनको विजयी लक्ष्य पक्ष्याएको ललितपुरले १५.५ ओभरमा २ विकेटको क्षतिमा सहजै पुरा गर्यो । ललितपुरका लागि ओपनर कोल्सावा र तोमरले १२.३ ओभर सम्म १ सय २९ रनको साभेदारी गर्दै सहज जित दिलाए । शुसन भारीले १२.३ ओभरमा शक्ति गौचनको हातबाट क्याच गराउदै कोल्सावालालाई ५१ रनमा आउट गरे । उनले ३८ बलमा ४ चौका र ३ छक्का प्रहार गरे ।

ललितपुरका गौरभले उत्कृष्ट ब्याटिङ गरे । १४ ओभरको अन्तिम बलमा पल कोग्लिनको बलमा शक्तिको हातबाट क्याच हुनु अघि उनले ४१ बलमा ८ छक्का र ४ चौका प्रहार ८२ रनको शानदार पारी खेले । त्यस्तै ललितपुरका सन्नी पटेल २० र सनु तामाङले ११ रनमा नट आउट रहे । पोखराका लागि भारी र कोग्लिन समान एक विकेट लिन बाहेक अन्य कुनैपनि बलरले विकेट लिन सकेनन् ।

Advertisement

त्यसअघि टियू क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ६६ रन बनाएको हो । पोखराका ओपनर रिचर्ड रेभी र कप्तान कोइल कोट्जरले पहिलो विकेटका लागि १० ओभरमा ९७ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । पवन सराफले १० औं ओभरको अन्तिम बलमा सन्दीप जोराको हातबाट क्याच गराउदै लेभीलाई ८४ रनमा पेभिलिएन फर्काएका थिए ।

आक्रमक ब्याटिङ गरेका लेभीले ३९ बलमा ९ छक्का र ३ चौका प्रहार गरे । पवन सराफलेनै १४ ओभरको पहिलो बलमा सुनिल धमलालाई १० र पाँचौ बलमा कोट्जरलाई एलबीडब्लु आउट गर्दै १९ रनमा पेभिलिएन फर्काएपछि ललितपुर खेलमा फर्किएको थियो । पोखराले अन्तिम १० ओभरमा ३ विकेटको क्षतिमा ६३ रन मात्र जोड्न सक्यो ।

Advertisement

विनोद भण्डारीले २३ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै ३४ रनमा नट आउट रहे । त्यस्तै पल कोग्लिनले १४ पनि रन जोडे । ललितपुरका लागि पवनले उत्कृष्ट बलिङ गरे । उनले ४ ओभरमा ३१ रन खर्चेर सुरुवाती टप अडरका ३ विकेट लिए । ललितपुरका पवन बाहेक अन्य कुनैपनि बलरले विकेट लिन सकेनन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top