विराटनगरको नेपाल बजार बन्द हुने हल्ला, ग्राहकलाई भारी छुट दिएर स्टक बिक्री गर्दै(भिडियो रिपोर्टसहित)

२४ मंसिर २०७५, सोमबार
Share this
713shares

विराटनगर,मंसिर २४
नेपालकै सस्तो बजार नेपाल बजार भन्ने मुल नाराका साथ करिब ८ वर्ष अघि खुलेको विराटनगरको पहिलो डिपार्टमेन्ट स्टोर नेपाल बजार बन्द हुने अवस्थामा पुगेको छ ।

Advertisement

विराटनगरको प्रतिष्ठित तथा पहिलो सुपर मार्केट ‘नेपाल बजार’ नयाँ खुलेका सपिङ महलहरुसँग प्रतिस्पर्धा गर्न नसकेका कारण बन्द हुने अवस्थामा पुगेको हो । हाल विराटनगरमा एक पछि अर्को सपिङ महल खुल्दै जाँदा ग्राहकको मन अन्तै मोडिन थालेपछि विराटनगर महेन्द्र चौकमा विगत ८ वर्षदेखि सञ्चालनमा रहेको नेपाल बजार बन्द हुने अवस्थामा पुगेको हो ।

बन्द गर्ने अवस्थामा पुगेको सो नेपाल बजारले केही दिन यता एक्कासि भारी छुट दिएर बाँकी स्टकहरु बेच्न थालेपछी ग्राहकहरुको भिड लागेको छ । नेपाल बजारले अहिले खाद्यान्न सामाग्रीबाहेक अन्य समाग्रीमा ४० प्रतिशत सम्म छुट दिएपछि बिहिबार नेपाल बजारमा थामी नसक्नुको भिड लागेको थियो ।

Advertisement

नेपाल बजारमा सामाग्री किन्न आएका मोहम्मद जिब्रीलले नेपाल बजार बिक्री हुने हल्ला चलेको र स्टक सकाउन ५० प्रतिशत छुट दिएको सुनेर समान किन्न आएको बताए ।

२०६७ साल भदौ ७ गतेबाट सञ्चालनमा आएको नेपाल बजार एक समय निकै राम्रोसँग चलेको थियो तर अहिले आएर यसका अन्य ४ शाखाहरु समेत बन्द भईसकेको अवस्था छ । टंकीसिनवारी,कञ्चनबारी,पुष्पलाल चौक र तीनपैनीमा सञ्चालनमा आएका नेपाल बजारका शाखाहरु यसअघि नै बन्द भईसकेका छन् ।

Advertisement

 

बजारमा नयाँ सुपरमार्केट खुलेपछि घाटामा लागेकोले यहाँका कर्मचारी पनि कटौती गरिएको छ । बजारमा बिक्रीको हल्ला चलिरहेका बेला नेपाल बजारका म्यानेजिङ डायरेक्टर कविन श्रेष्ठले भारी छुट दिएर सम्पूर्ण सामानहरु सकभर बेच्ने आफुहरुको योजना रहेको र भबिष्यमा नचलेको खण्डमा बेच्न पनि सकिने बताए । उनले छुटको कुरा सुनाएपछि ग्राहकहरु बढ्ने अपेक्षाका साथ भारी छुट दिएको पनि प्रष्ट पारे ।

नेपाल बजारले र्गामेन्टस्, फुटवेयर, भाँडाकुँडा, ईलेक्ट्रोनिक्सलगायतका सामानमा एकाएक ४० प्रतिशत छुट दिएको छ । कुनैवेला राम्रो ब्यापार गरेको नेपाल बजार साँच्चै बन्द हुने अवस्थामा पुग्नु सुखद होइन ।यसले नयाँ खुल्ने क्रममा रहेका सपिङ मलहरुलाई समेत निरुत्साहित पार्ने कुरामा दुईमत छैन ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top