गुगलको यो सर्भिस बन्द हुँदै

गुगलको यो सर्भिस बन्द हुँदै

एजेन्सी, मंसिर २६
संसारको सबैभन्दा ठूलो सर्च इञ्जिन कम्पनी गुगलले आफ्नो सोशल मिडिया प्लेटफर्म ‘गुगल प्लस’ अप्रिल २०१९ मा बन्द गर्ने भएको छ । गुगल प्लसका ५.२ करोड प्रयोगकर्ताको डाटा प्रभावित भएका कारण यो बन्द गर्न लागेको हो ।

गुगलले यसमा ठूलो गडबडी आएको र यसले ५.२ करोड प्रयोगकर्ताहरूको व्यक्तिगत डाटा प्रभावित भएका कारण आफ्नो यो सेवा बन्द गर्नुपरेको बताएको छ । गुगलले अगष्ट २०१९ मा बन्द गर्नुपर्ने भएतापनि यसै गडबडीका कारण अप्रिलमा नै गुगल प्लस सट डाउन गर्नेछ ।

यो वर्षको अक्टोबरमा गुगलले गुगल प्लसको सफ्टवेयरमा बग रिपोर्ट गर्यो जसका कारण यसको ब्एक्ष् प्रभावित भयो । मार्च २०१८ मा आएको बग का कारण करिब ५० लाख प्रयोगकर्ताहरूको डाटा प्रभावित भएको थियो । गुगलले मार्चमा आएको यो बगको ढिलो रिपोर्ट गरेको थियो । यसको कारण विनियामक कठिनाइ बताइएको छ । उक्त रिपोर्ट पश्चात् गुगलले यस सोशल मिडिया प्लेटफर्म बन्द गर्ने घोषणा गरेको थियो ।

गुगलले आफ्नो ब्लग पोष्टमा सोमबार (१० डिसेम्बर) मा केही प्रयोगकर्ताहरुको नोभेम्बरमा आएको सफ्टवेयर अपडेटका कारण गुगल प्लस ब्एक्ष् मा बगको सामना गर्नु परेको उल्लेख गरेको थियो । यस बगको गुगलले एक हप्ताभित्रै फिक्स गरेको थियो तर यसको बारेमा प्रयोगकर्तालाई अहिले जानकारी गराएको हो ।

गुगलले तेस्रो पक्षको कुनैपनि प्रकारको अट्याक नभएको बताएको छ । ऐप डेभलपर्स (जोसँग यूजर्स डाटा एक्सेस थियो) ले ६ दिनका लागि यूजर्सको डाटा दुरुपयोग गरेका छन् । यसै कारण गुगल प्लस एपीआई को यस बगका बारेमा जानकारी मिलेको ९० दिनमा बन्द हुनेछ । यसै नयाँ बगका कारण करिब ५.२ करोड प्रयोगकर्ता प्रभावित भएका हुन् ।

ब्एक्ष् का कारण ऐप डेभलपर्सले यूजर्सको नाम, इमेल, व्यावसाय, उमेर इत्यादी पत्ता लगाउन सक्थे । गुगलले यस ब्लग अनुसार यस बगको कारण प्रयोगकर्ताका वित्त जानकारी, नेश्नल आइडी नम्बर आदीका बारेमा जानकारी डेभलपर्सलाई मिलेको छैन । अहिले गुगलले यस बगका बारेमा प्रयोगकर्तालाई सूचित गर्न सुरु गरिसकेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.