इपीएलः काठमाडौँलाई १ विकेटले पराजित गर्दै ललितपुर फाइनलमा

३ पुस ७५, मंगलबार

काठमाडौँ किंग्स ११ लाई १ विकेटले पराजित गर्दै ललितपुर प्याट्रिओट्स एभरेष्ट प्रिमियर लिग इपीएलको फाइनलमा प्रवेश गरेको छ।

Advertisement

योगेन्द्र सिंह कार्कीले अन्तिम ओभरमा ९ रन जोडेपछि ललितपुरले पहिलो क्वालिफायर्समा काठमाडौँमाथि १ विकेटको रोमाञ्चक जिपत हात पारेको हो। १०९ रनको लक्ष्य पछ्याएको ललितपुरले २० ओभर खेल्दै ९ विकेट गुमाएर खेल जितेको हो। अन्तिम ओभरमा जितका लागि ललितपुरलाई ६ बलमा ९ रन चिहएको थियो भने २ विकेट बाँकी थियो।

Advertisement

 

तर काठमाडौका जितेन्द्र मुखियाले बलिङ गरेको अन्तिम ओभरको पहिलो बलमा सूर्य तामाङ रनआउट भएपछि ललितपुर दबाबमा आएको थियो। तर पहिलो बलमा एक रन लिएका योगेन्द्रले तेस्रो देखि छैटौँ बलसम्म लगातार २ ,२ रन जोड्दै खेल जिताए। ललितपुरले अब फाइनलमा दोस्रो क्वालिफायर्सको विजेतासँग खेल्नेछ। ललितपुरसँग हारेपनि काठमाडौँले फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायर्स खेल्न पाउनेछ।

Advertisement

काठमाडौँले अब भैरहवा ग्लाडिएटर्स र चितवन टाइगर्सबीच हुने एलिमिनेटरको विजेतासँग बिहीवार दोस्रो क्वालिफायर्स खेल्नेछ। ललितपुरलाई जित दिलाउन योगेन्द्रले २९ बल खेल्दै एक चौकाको मद्दतमा नटआउट २८ रन बनाए। यस्तै कुशल भुर्तेलले सर्वाधिक २९, कप्तान ज्ञानेन्द्र मल्लले २१ तथा पवन सराफले १९ रन बनाए । बलिङमा काठमाडौँका प्रदिप शाहुले ४ ओभरमा १ मेडन राख्दै ११ रन खर्चेर ३ विकेट लिए। यस्तै केभिनले ४ ओभरमा २१ रन खर्चेर २ विकेट लिए भने कप्तान मुस्ताफाले ४ ओभरमा २३ रन खर्चेर २ विकेट लिए।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top