सर्वोच्चको आदेशमा रिहा भए दिपक मनाङे

सर्वोच्चको आदेशमा रिहा भए दिपक मनाङे

काठमाडौँ,पुस ६
ज्यान मार्ने उद्योग मुद्दामा डिल्ली बजार जेलमा रहेका गुन्डा नाइके दीपक मनाङे भनिने राजीव गुरुङ रिहा भएका छन् । सर्वाेच्च अदालतको आदेशमा उनी शुक्रबार जेलबाट छुटेका हुन् ।

बाँकी कैद मिनाहा गर्ने आदेशसँगै उनी छुटेका हुन् । अर्का गुण्डा नाइके चक्रे मिलनको हात काटेको घटनामा उनलाई दोषी ठहर गरी जेल सजाय गरिएको थियो ।

प्रहरीको फरार सूचीमा रहेका उनलाई गत वर्ष मनाङबाट प्रदेशसभामा निर्वाचित भएपछि नै पक्राउ गरी जेल पठाइएको हो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.