विराटनगर,पुस ९
मुख्यमन्त्रीको विभागीय मन्त्रालय भूमि,कृषि तथा सहकारी मन्त्रालयले पहिलो चरणमा २ अर्बको बजेट अख्तियारी सहित कार्यक्रम संचालन गरेको छ ।
मन्त्रालयका वरिष्ठ कृषि बिकास अधिकृत बद्री दाहालले मन्त्रालयको तल्ला तहको संरचना निर्माण भएसगै पहिलो चरणमा करिव २ अर्ब रुपैयाको बजेटको अख्तियारी सहित हाललाई २९ वटा कृषिमा आधारित कार्यक्रम संचालनमा ल्याइएको जानकारी दिए ।
उतm कार्यक्रम संचालका लागि आवश्यक कार्यविधि स्विकृत भई बजेट समेत निकासा भएको छ । मन्त्रालयका अनुशार कृषि सेवा निर्देशनालय र पशु सेवा निर्देशनालय अन्र्तगतका निकायबाट ती कार्यक्रम संचालन हुनेछन ।
सरकारले अख्तियारी प्रदान गरेका कार्यक्रम कृषि निर्देशनालय मार्फतका कृषि ज्ञान केन्द्र र पशु सेवा निर्देशनालय मार्फतका पशु सेवा ज्ञान केन्द्र एव भेटनरी अस्पताल मार्फत कार्यक्रम संचालन हुनेछन ।
मन्त्रालयले पहिलो चरणमा स्विकृत गरेका कार्यक्रमहरुमा साना सिचाईका कार्यक्रम,शित भण्डार निर्माण,चियाखेती प्रर्वद्धन,कृषि पर्यटन,ग्रिन हाउस निर्माण,अलौची,अदुवा प्रर्वद्धन कार्यक्रम समावेश गरिएका छन ।
भूमि,कृषि तथा सहकारी मन्त्रालयलले प्रदेश स्तरमा कृषि सेवा निर्देशनालय, विभिन्न जिल्लामा ११ वटा कृषि ज्ञान केन्द्र स्थापना भईसकेको छ ।
त्यसैगरी सोही मन्त्रालय अन्तगर्त पशु सेवा निर्देशनालय र त्यस मातहत रहने गरी ८ वटा बिज्ञ केन्द्र र भेटनरी अस्पताल स्थापना भएका छन ।प्रदेश सरकारले आवश्य संरचनाको अभावमा चालु आर्थिक बर्षको पहिलो चौमासिक सकिदासम्म बिकास खर्च गर्न सकेको थिएन ।