विराटनगर : वडा स्तरबाटकर तथा राजस्व संकलन थालिएपछि विराटनगर महानगरपालिकाको कर असुली न्युन भएको छ ।
चालु आर्थिक वर्षको ६ महिनामा महानगरपालिकामा १० करोड ६६ लाख मात्र असुली भएको छ । जबकी महानगरले चालु आर्थिक वर्षमा ५४ करोड ५० लाख कर तथा राजस्व असुली गर्ने लक्ष्य राखिएको छ ।
गत आर्थिक वर्ष पनि महानगरले लक्ष्यअनुसारको राजस्व असुली गर्न सकेको थिएन ।गत साउनदेखि वडास्तरबाट कर तथा राजस्व संकलन निर्णय भएअनुसार हाल वडास्तरबाटै सबै कर असुली हुँदै आएको छ ।
तर कर तिर्न आएका सेवाग्राहीबाट घुस लिने कर्मचारीलाई पक्राउ परेपछि कार्यपालिका बैठकले महानगरबाट कुनै पनि कर नलिने निर्णय गरेको थियो ।, यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।
