डा. केसीलाई तत्कालै आइसीयुमा राख्नुपर्ने,इलाम अस्पतालबाट एक इन्च पनि नसर्ने केसीको अडान

३० पुस ७५, मंगलबार

इलाम, माघ १
अनसन सुरु गरेको सातौं दिन पुग्दानपुग्दै डा. गोविन्द केसीलाई निमोनियाले चापेको छ ।चिकित्सकहरुले केसीलाई तत्काल आइसीयुमा राख्नुपर्ने सुझाएका छन् । तर, इलाममा आइसीयु छैन । अब डा. केसीलाई तत्कालै बिर्तामोड, धरान, विराटनगर वा काठमाडौं सार्नुपर्ने भएको छ ।

अनसन थालेको सातौं दिनसम्म आइपुग्दा डा. केसीको स्वास्थ्य स्थिति नाजुक बन्न थालेको छ । तर, केसीले औषधि उपचार लिन अस्वीकार गरिरहेका छन् । डा. केसीलाई निमोनिया भएको र रोग प्रतिरोध क्षमता कम हुँदै गएकाले तत्काल आइसीयूमा राख्नुपर्ने सल्लाह इलाम अस्पतालले दिएको छ । इलाम अस्पतालमा यो सेवा उपलब्ध छैन ।

तर, डा. केसीले अस्पतालबाट एक इन्च पनि कतै नसर्ने र उपचार पनि नलिने भनेको केसीका सहयोगी धर्म गौतमले बताए । सदरमुकामको फुलगाँछीस्थित सुरेन्द्र लिम्बूको निजी घरमा अनसन बसिरहेका डा. केसीलाई अनसनस्थल र अस्पताल नजिकै भएकाले बल्लतल्ल सहमत गराएर सोमबार जिल्ला अस्पतालमा सारिएको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

इरान युद्ध रोकियो, तेलको भाउ पनि घट्यो तर नेपालमा किन घटेन ?

petrol-pump-india_AFP

विष्णु पौडेल पक्राउ परेपछि एमालेमा ट्विस्ट, अब प्रचण्डको प्रतिक्षा

Screenshot 2026-06-25 174156

भीआईपीको थालमै अखाद्य वस्तु, आम नागरिकको अवस्था कस्तो ?

sudan

बालेन सरकारको जालमा कसरी पर्दैछन् ठूला माछा ?

bishnu poudel

रास्वपाका १३५२ जनाले हालेनन् भोट, ४ बजे पदाधिकारी चुनाव

730748743_1685701072697124_884820329680049182_n

विश्वकप चलिरहँदा फिफाले लगायो नेपालमाथि प्रतिबन्ध

e7d1c79f-faab-434c-8176-89916b2123ee

दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरणमा, मेक्सिकोको शतप्रतिशत जित

bebe885c-9608-40df-a9c3-0218325be6f5

राजनीतिक संकटपछि भनेजुएला एकैसाथ दुई शक्तिशाली भूकम्पको भुङ्ग्रोमा

venezueala earthquake

‘हिटवेभ’ कायमै, दिउँसो बाहिर ननिस्कनुः कुन सहरमा गर्मी कति ?

garmi

सम्बन्धित समाचार

Scroll to Top