माइनस १० देखि १५ डिग्री सेल्सियसको चिसो: खुला आकाशमुनि रात कटाउन बाध्य

३० पुस ७५, मंगलबार

हुम्ला,माघ १

तापमान झरेर माइनस १० देखि १५ डिग्री सेल्सियससम्म पुग्दा पनि हुम्ला जिल्लाका महिला महिनावारी हुँदा घर बाहिरै बस्ने गर्छन् । संस्कार भन्दै छाउ हुँदा घर बाहिरको आँगनमा आगोको सहायतामा उनीहरु खुला आकाशमुनिको चिसो रात कटाउन बाध्य छन् ।

हुम्लामा ७५ प्रतिशत महिलालाई महिनावारी भएको समयमा ३ देखि ५ दिन घरबाहिरै बस्नु पने बाध्यता रहेको छ । सर्केगाड गाउँपालिका वडा ३ उनापानी गाउँकी सविता थापाले आफूहरु महिनावारी हुँदा पुस–माघको कठ्याङ्गग्रिँदो चिसोमा खुल्ला आकाशमुनि बस्दै आएको बताइन् ।

Advertisement

सामाजिक मान्यता र वर्षौंदेखि जरो गाड्दै आएको कुसंस्कारले गर्दा महिलाले महिनावारीका बेला यस्तो सास्ती खप्नुपर्छ । उनापानी गाउँको बीचमा रहेको खाली जग्गामा रातको समयमा बालेको आगो ताप्दै बसेकी पञ्चकली भडेराले भनिन्– ‘म अहिले ४४ वर्षकी भएँ । मेरो महिनावारी शुरु भएदेखि आजसम्म घरको आँगनमा यसरी आगोको भरमा बस्दै आइरहेकी छु ।’

फेरुवा र छालाको सानो लिप्टो (सानो टुक्रा) ओछ्यान लगाएर पातलो कम्बल ओढेर आगो नजीक बसेकी फडेराले यो महिलाहरुको रहर नभएर बाध्यता भएको बताइन् ।

Advertisement

अन्य गाउँपालिकाका महिला भने महिनावारी (छुई) हुँदा घरको जग छुन नपाए पनि गोठमा बस्दै आएका छन् । शिक्षित महिलाहरु पनि महिनावारी हुँदा घर बाहिरै बस्ने गर्छन् । फडेराले भनिन्– ‘यो कुनै छोइछिटो वा छुवाछूतको कुरा होइन तर, यति कुरा थाहा हुँदा हुँदै पनि गाउँ समाजका अगाडि निरीह भएर बस्नुको कुनै विकल्प छैन ।’

बाह« उत्तीर्ण गरेकी उर्मिला रावतले यस्तो कूप्रथालाई मान्नु पर्दैन भनेर बहस गर्न खोज्दा समाजमा एक्लिने डरकै कारण चुप लागेर बस्नु पर्ने अवस्था रहेको दुःखेसो पोखिन् ।

उनापानि गाउँ जिल्लाकै शिक्षित गाउँका रुपमा चिनिएको भए पनि कुसंस्कारले जकडिएको परम्परा र धार्मिक अन्धविश्वासका कारण महिलाहरुले यो नियति भोग्नुपरेको सर्केगाड गाउँपालिकाका स्वास्थ्य संयोजक सन्तोष धामीले बताए । चिसोका कारण यहाँका अधिकाँस महिला बाथ, दम, निमोनिया जस्ता रोगको शिकार बन्ने गरेका छन् ।

सर्केगाड गाउँपालिकामा मात्र नभएर जिल्लाका सातवटै गाउँपालिकामा यो चलन रहेको जिल्ला अस्पतालकी अनमी सरिता बोहराले बताइन् ।

सिमकोटमा पनि छाउपडीको विभेद

सदरमुकाम सिमकोटमा रहेको सिमकोटगाउँपालिकामा पनि छुई हुँदाका बखत विभेद गरिन्छ । सिमकोट गाउँपालिकामा आठ वडा छन् । सिमकोट बजारमा छुईलाई सामान्य प्रक्रिया कै रुपमा लिने गरिए पनि वडा ७ र ८ मा यो कुप्रथा कायमै रहेको तिर्थपुरी सिंहले बताइन् ।

महिनावारी हुँदा धामी, झाँक्रीको देउता लाग्ने डरले महिला घरभित्र पस्न नमिल्ने भएको सिंहको भनाइ छ ।
। स्थानीय सरकारले महिलासम्बन्धी कार्यक्रम दैलोदैला पु¥याउन नसके पनि अबका दिनमा हुम्लालाई छाउमुक्त जिल्ला बनाउने प्रतिवद्धता सर्केगाड गाउँपालिका उपाध्यक्ष जोशी धामीले व्यक्त गरे ।

लामा समुदाय भने उदार

हुम्लाका उच्च हिमाली क्षेत्रमा बसोबास गर्दै आएको लामा समुदायले भने महिनावारीलाई नियमित तर सामान्य प्रक्रियाका रुपमा मात्रै लिने गर्छ । जिल्लाको नाम्खा गाउँपालिकामा १ देखि ५ वडासम्म सबैमा लामा समुदायको बसोबास रहेको छ भने सिमकोट गाउँपालिका वडा ३ र ४ मा लामा समुदायको बाक्लो वस्ती रहेको छ ।

लामा समुदायमा महिला महिनावारी हुँदा घर बाहिर बस्ने चलन नभएको सिमकोट–३ की माया लामाले बताइन् । लामाले भनिन्– ‘महिनावारी हुँदा हामी सामान्य प्रक्रिया जस्तै ठान्दछौं । जुन समय महिनावारी हुन्छौ त्यतिखेर नै सफा भएर बस्छौं । घर बाहिरै बस्नु परेको छैन । सुत्केरी हुँदा पनि फरक घर नभएर परिवार सँगै बस्ने गर्छौं ।’

–दाने बोहरा /रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

इरान युद्ध रोकियो, तेलको भाउ पनि घट्यो तर नेपालमा किन घटेन ?

petrol-pump-india_AFP

विष्णु पौडेल पक्राउ परेपछि एमालेमा ट्विस्ट, अब प्रचण्डको प्रतिक्षा

Screenshot 2026-06-25 174156

भीआईपीको थालमै अखाद्य वस्तु, आम नागरिकको अवस्था कस्तो ?

sudan

बालेन सरकारको जालमा कसरी पर्दैछन् ठूला माछा ?

bishnu poudel

रास्वपाका १३५२ जनाले हालेनन् भोट, ४ बजे पदाधिकारी चुनाव

730748743_1685701072697124_884820329680049182_n

विश्वकप चलिरहँदा फिफाले लगायो नेपालमाथि प्रतिबन्ध

e7d1c79f-faab-434c-8176-89916b2123ee

दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरणमा, मेक्सिकोको शतप्रतिशत जित

bebe885c-9608-40df-a9c3-0218325be6f5

राजनीतिक संकटपछि भनेजुएला एकैसाथ दुई शक्तिशाली भूकम्पको भुङ्ग्रोमा

venezueala earthquake

‘हिटवेभ’ कायमै, दिउँसो बाहिर ननिस्कनुः कुन सहरमा गर्मी कति ?

garmi

सम्बन्धित समाचार

Scroll to Top