राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी आन्दोलित, सेवा ठप्प पार्ने चेतावनी

घोराही, माघ २
पेसागत सुरक्षाका साथै अस्पताल सुधारको माग राख्दै दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारीहरु आन्दोलित बनेका छन् । आन्दोलित कर्मचारीहरुले प्रतिष्ठानको केन्द्रीय कार्यालयका साथै प्रशासनिक कक्षमा बुधबार बिहान तालाबन्दी गरेका छन् ।

Advertisement

आज प्रशासनिक काम ठप्प पारेका कर्मचारीहरुले माघ ३ गतेदेखि इमर्जेन्सी, प्रसूतिबाहेक सबै सेवा बन्द गर्ने घोषणा गरेको कर्मचारी संघर्ष समितिले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

आफ्ना माग पुरा नभए माघ ४ गतेदेखि देशव्यापी आन्दोलन गर्ने कर्मचारी संघर्ष समितिले चेतावनी दिएको छ । साविकको राप्ती उप–क्षेत्रीय अस्पताल विकास समितिमा कार्यरत कर्मचारीलाई स्वास्थ्य विज्ञान प्रतिष्ठानमा समायोजन गर्नुपर्ने, करार सेवाका कर्मचारी र चिकित्सकलाई हटाउन नपाइने, साउनदेखि रोकिएको तलब दिनुपर्ने लगायतका आठ बुँदे माग राखेर कर्मचारीहरुले आन्दोलन गर्दै आएका छन् ।

Advertisement

प्रतिष्ठानले तत्काल म्याद थप गरेर समायोजन गर्नुको साटो साविक अस्पताल विकास समिति र सरकारका करार कर्मचारीलाई निष्काशन गर्न पत्र तयार पारेको पारेपछि बाध्य भएर आफूहरु आन्दोलित भएको अध्यक्ष हिमलाल गौतमले बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top