कोशी अञ्चल अस्पतालमा सुविधा सम्पन्न शवगृह

विराटनगर, माघ २
विभिन्न लायन्स क्लबहरुको सहभागितामा विराटनगरस्थित कोशी अंचल अस्पताल परिसरमा सुविधा सम्पन्न शवगृह निर्माण गरिएको छ । लायन्स क्लब अफ विराटनगर एक्टीभ,लायन्स क्लब अफ विराटनगर शुभम र लायन्स क्लब अफ दिङला भोजपुरको सामूहिक सहभागितामा शवगृह निर्माण गरिएको हो ।

६ लाख ३ हजार ३ सय १५ रुपैयाँको लागतमा सो ठांउमा २ सय ३४ स्क्वायर फिटको सुविधा सम्पन्न शवगृह निर्माण गरिएको हो । विभिन्न कारणले मृत्यु भएकाहरुलाई पोष्टमार्टम गर्न सुविधा सम्पन्न स्थानको अभाव देखेर शव गृह निर्माण गरिएको लायन्स क्लब अफ विराटनगर एक्टीभका संस्थापक अध्यक्ष रेबतबहादुर कार्कीले बताए । निर्माण गरिएको एयरकन्डिशनसहितको शवगृहमा तीनवटा बेड छन् ।

यसैबीच लायन्स क्लब अफ विराटनगर सिटिजन्सले कोशी अंचल अस्पतालमा उपचाररत दुइ विरामीलाई आर्थिक सहयोग उपलब्ध गराएको छ । सिटिजन्सले कोशी अंचल अस्पतालमा उपचाररत खांदबारी नगरपालिका ७ का ६० बर्षिय लिलाबहादुर घिमिरे र बेलबारी नगरपालिका ६ की २६ बर्षिय कविता खवास राईलाई उपचार रकम उपलब्ध गराएको हो ।

Advertisement

घिमिरे र राईलाई विपन्नताका कारण उपचारमा समस्या भएपछि आर्थिक सहयोग उपलब्ध गराइएको हो । घिमिरेलाई ५४ हजार बढीको सहयोग रकम उपलब्ध गराइएको छ भने राईलाई गर्भमै बच्चा मृत भएका कारण शल्क्रिया गर्नुपर्ने भएपछि सहयोगस्वरुप ५ हजार १ सय नगद प्रदान गरिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

इरान युद्ध रोकियो, तेलको भाउ पनि घट्यो तर नेपालमा किन घटेन ?

petrol-pump-india_AFP

विष्णु पौडेल पक्राउ परेपछि एमालेमा ट्विस्ट, अब प्रचण्डको प्रतिक्षा

Screenshot 2026-06-25 174156

भीआईपीको थालमै अखाद्य वस्तु, आम नागरिकको अवस्था कस्तो ?

sudan

बालेन सरकारको जालमा कसरी पर्दैछन् ठूला माछा ?

bishnu poudel

रास्वपाका १३५२ जनाले हालेनन् भोट, ४ बजे पदाधिकारी चुनाव

730748743_1685701072697124_884820329680049182_n

विश्वकप चलिरहँदा फिफाले लगायो नेपालमाथि प्रतिबन्ध

e7d1c79f-faab-434c-8176-89916b2123ee

दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरणमा, मेक्सिकोको शतप्रतिशत जित

bebe885c-9608-40df-a9c3-0218325be6f5

राजनीतिक संकटपछि भनेजुएला एकैसाथ दुई शक्तिशाली भूकम्पको भुङ्ग्रोमा

venezueala earthquake

‘हिटवेभ’ कायमै, दिउँसो बाहिर ननिस्कनुः कुन सहरमा गर्मी कति ?

garmi

सम्बन्धित समाचार

Scroll to Top