भक्तपुरमा बन्दैछ १५ सय रोपनीमा अन्तर्राष्ट्रिय रंगशाला

काठमाडौं ,माघ ५

भक्तपुरमा अन्तर्राष्ट्रियस्तरको रंगशाला बन्ने भएको छ । काठमाडौं उपत्यका विकास प्राधिकरणको प्रस्तावमा भक्तपुरमा १५ सय रोपनी क्षेत्रफलमा फैलिएको रंगशाखा निर्माण गर्न लागिएको हो । प्राधिकरणको भौतिक पूर्वाधार विकास समितिको बैठकले भक्तपुरमा अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण गर्न जग्गा ल्याण्ड पुलिङको काम फास्ट ट्रयाकमा अघि बढाउने सम्बन्धी प्रस्ताव तयार पार्न निर्देशन दिएको हो ।

‘भक्तपुरमा अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण गर्न जग्गा प्राप्तीको प्रस्ताव तयार पार्न प्राधिकरणको नेतृत्वलाई निर्देशन दिने निर्णय भयो’, शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले भने । सरकारले चालु आर्थिक बर्षको नीति तथा कार्यक्रममा आगामी ३ बर्षभित्र उपत्यकामा अन्तराष्ट्रिस्तरको रंगशाला बनाउने योजना अघि सारेको थियो ।

Advertisement

‘फास्ट ट्रयाकमा ल्याण्ड पुलिङ गरेर जमिन प्राप्त गर्छाै, तोकिएको समयभित्रै निर्माण गर्ने योजनासहित काम अघि बढाउँछौं’, काठमाडौं उपत्यका विकास प्राधिकरणका विकास आयुक्त भाइकाजी तिवारीले भने । रंगशाला निर्माण भएपछि नेपालमा अन्तर्राष्ट्रियस्तरको खेल आयोजना गर्न सकिने युवा तथा खेलकुल मन्त्री जगत विश्वकर्माले भने ।

पर्यटन मन्त्री रबिन्द्र अधिकारीले जग्गा अधिग्रहण गरेर रंगशाला निर्माण गर्न नसकिने भएकाले छोटो बाटोबाट ल्याण्ड पुलिङमा जानु पर्ने उल्लेख गरे । प्राधिकरणले रंगशाला बनाउने स्थानमा २० हजार रोपनी जमिनमा जग्गा एकिकरण आयोजना सञ्चालन गर्ने बताएको छ ।

Advertisement

सुर्यबिनायक नगरपालिको वडा नम्बर ८,९ र १० तथा चाँगुनारायण नगरपालिकाको वडा नम्बर ८ र ९ नम्बरमा जग्गा एकिकरण आयोजना सञ्चालन गरिनेछ । सोही स्थानमा सरकारी स्वामित्वमा रहेको केहि पर्ती जमिन र केहि एकिकरण आयोजनाबाट प्राप्त जमिनलाई उपयोग गरेर रंगशाला बनाउन लागिएको हो । सरकारी पर्ती जमिन र एकिकरण आयोजनाबाट जमिन प्राप्त हुने भएको मुआब्जा तिर्नुपर्ने छैन् ।(विकास न्युजबाट)

Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top