सिक्सर्समाथि ढाकाको सहज जित,सन्दीपको मध्यम प्रदर्शन

एजेन्सी,माघ ४
बंगलादेश प्रिमियर लिगमा (बिपिएल) अन्तर्गत आज भएको खेलमा नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित टिम सिल्हेट सिक्सर्स ढाका डायनामाइट्ससँग ६ विकेटले पराजित भएको छ । कप्तान सकिव अल हसन र आन्द्रे रसेलले उत्कृष्ट ब्याटिङ गरेपछि बंगलादेश सिल्हेट सिक्सर्स ढाका डायनामाइट्ससँग पराजित भएको हो ।

१ सय ५९ रनको लक्ष्य पछ्याएको ढाकाले १७ ओभरमा ४ विकेटको क्षतिमा १ सय ६३ रन बनाउँदै सहजै पुरा गर्यो । ढाकाको सहज जितमा कप्तान सकिव अल हसनले ४१ बलमा ८ चौका र २ छक्का प्रहार गर्दै ६१ रनमा नट आउट रहे ।

त्यस्तै आन्द्रे रसेलले आक्रमक ब्याटिङ गर्दै २१ बलमान ४ छक्का र २ छौका प्रहार गर्दै ४० रनमा अविजित रहे । सुनिल नारायण २०,रोनी तालुकदार १३ र डार्विश रसोलीले १९ रनको योगदान दिए ।

Advertisement

सिक्सर्सका लागि सन्दीपले ४ ओभरमा २७ रन खर्चेर १ विकेट लिए । सन्दीपलाई कप्तान डेविड वार्नरले ५ औं ओभरमा बलिङ गर्न ल्याएका थिए । सन्दीपले ५ औं ओभरको तेस्रो बलमा रोनी तालुकदारलाई १३ रनमा बोल्ड गर्दिए । पहिलो ओभरमा ३ रन मात्र खर्चिए । सन्दीपले ८ औं ओभरमा ८ रन खर्चिन पुगे । १२ औं ओभरमा भने महँगो सावित भए ।

पहिलो,दोस्रो र चौथो बलमा कप्तान सकिव अल हसनले चौका प्रहार गरेपछि यस ओभरमा १२ रन खर्चे । सन्दीपले अन्य तीन बल भने डट गराएका थिए । १४ औं ओभरमा सन्दीपले ४ रन खर्चिदै आफ्नो बलिङको कोटा सकाए । त्यस्तै मोहम्मद इरफान २ र तस्कीन अहमदले १ विकेट लिएपनि जितको लागि प्रयाप्त रहेन ।

Advertisement

सन्दीप कोमिल्ला भिक्टोरिएन्सविरुद्ध डेब्यू गर्दै २ विकेट लिएका थिए । दोस्रो खेलमा चितगोंग भाइकिंग्स र तेस्रो खेलमा ढाका डायनामाइट्सविरुद्ध बिकेट लिन सकेनन् । कोमिल्लासँग चौथो खेलमा भने सन्दीप बेन्चमा बसे ।

पाँचौ खेलमा रंगपुर राइडर्सवरुद १ विकेट लिए । सन्दीप २३ जनवरी सम्म बंगलादेश प्रिमियर लिग खेल्ने छन् । नेपाल र युएईबीच २५ जवनरी सुरु हुने तीन ओडीआई समान अन्तर्राष्टिय टी–२० सिरीजको लागि उतैबाट दुबई जाने छन् ।

Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top