विराटनगर, माघ ९
‘स्वदेशी वस्तुको प्रवद्र्धन हाम्रो मुल अभियान’ भन्ने मुल नाराका साथ विराटनगरमा बुधबारदेखी स्वदेशी जुत्ता चप्पल मेला–२०७५ सुरु भएको छ । विराटनगर–७ मेनरोडस्थित बैंक अफ काठमाडौंको अगाडिको खाली स्थानमा १ महिने मेला सुरु भएको हो ।
सो मेलाको प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले एक समारोहका त्रिच उद्घाटन गरे । सो अबसरमा बोल्दै मन्त्ती कार्कीले स्वदेशी उद्योगलाई प्रोत्सहन गर्न प्रदेश सरकार सँधै तयार रहेको बताए ।
उनले स्वदेशी उत्पादन नाफा मुलक मात्र नरहेर समाजप्रति उत्तरदायीसमेत रहेको बताउँदै स्वदेशी जुत्ता चप्पल टिकाउ र सस्तो हुनेगरेकाले सवैले स्वदेशी उत्पादन प्रयोग गर्नुपर्ने बताए ।
मन्त्री कार्कीले वदेशी जुत्ता चप्पल उद्योगका लागि चाहिने आवश्यक कच्चा पदार्थ रवर उत्पादनका लागि उद्योगी व्यवसायीले योजना ल्याए सरकारले त्यसका लागि विषेश सहयोग गर्ने प्रतिवद्धता समेत जनाए ।
सो अबसरमा मेला संयोजक होमनाथ उपाध्यायले मेलामा स्वदेशी १० वटा उद्योगबाट उत्पादित विभिन्न मोडलका जुत्ता–चप्पल राखिएको जानकारी दिए । निःशुल्करूपमा प्रवेश रहेको मेलामा जुत्ता–चप्पल खरिद गर्ने ग्राहकले १५ देखि ६० प्रतिशतसम्म छुट पाउने मेला संयोजक उपाध्यायले बताए ।
उनले मेलामा विएफ डियर हिल, रन सुज्, क्रस रोड, म्याजिक, सु ल्याण्ड र कोसेली सुजका स्पोर्टस्, क्याजुअल, हवाई चप्पल र बेल्ट बिक्रीमा राखिएको जानकारी दिए ।
उपाध्यायले नेपालमा वार्षिक ७ करोड जोडी जुत्ता–चप्पल बिक्री हुने र त्यसबाट ३२ अर्ब बराबरको कारोबार हुने गरेको बताए । उनले जुत्ता–चप्पल उद्योगमा स्वदेशी लगानीको हिस्सा १६ अर्ब रहेको दावी गरे ।
गत वर्ष आयोजना गरेको जुत्ता मेलाबाट उत्साहित भएका स्वदेशी जुत्ता–चप्पल उद्योगीहरूले पूनः जुत्ता मेलाका आयोजना गरेका हुन् । मेलामा सर्वसाधारण उपभोक्तालाई सस्तो दरमा जुत्ता बिक्री गरिने र विषेश छुट् दिईने म्याजिक कम्पनीका कार्यकारी निर्देशक महेश बाहेतीले बताए ।
उनले मेला करीब २ लाखले अवलोकन गर्ने अपेक्षाका गरिएको बताए । मेला सुरु भएसँगै मेलामा स्वदेशी जुत्ता चप्पल किन्नेको संख्यामा उल्लेख्य भिड लागेको छ ।