प्रति विद्यार्थी सरकारकाे लगानी ४ लाख, प्रतिफल निराशाजनक

काठमाडौं : लुम्बिनी बौद्ध तथा नेपाल संस्कृत विश्वविद्यालयमा सरकारको लगानी धेरै भए पनि प्रतिफल सन्तोषजनक देखिएको छैन।

साधारण धार, धर्म संस्कृति र दर्शनसँग जोडिएका विषय पढाइ हुने विश्वविद्यालयमा प्रति विद्यार्थी लगानी अस्वाभाविकरूपमा बढी भएपछि समस्या देखा परेको हो। उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले बुझाएको प्रतिवेदनमा लुम्बिनी विश्वविद्यालयमा अध्ययन गर्ने प्रति विद्यार्थीका लागि चार लाख रुपैयाँ लगानी भएको देखिएको छ।

लगानीअनुरूप प्रतिफल भने निराशाजनक रहेको छ। विश्वविद्यालय अनुदान आयोगका सदस्य सचिव प्राडा देवराज अर्याल भने अनुसन्धान विषय पढाउने विश्वविद्यालयमा प्रतिविद्यार्थी लागत बढ्नु स्वाभाविक भएको दाबी गर्छन्। विश्वविद्यालयको प्रतिफलबारे कुराकानी भइरकेको उनको भनाइ छ।,खबर आजकाे नेपाल समाचारपत्रमा छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top