जुत्ता किन्दै हुनुहुन्छ ? ६० प्रतिशतसम्म छुट लिन विराट जुत्ता मेला जाऔं

विराटनगर, माघ १४
‘स्वदेशी वस्तुको प्रवद्र्धन हाम्रो मुल अभियान’ भन्ने मुल नाराका साथ विराटनगरमा गत बुधबारदेखि सुरु भएको विराट जुत्ता चप्पल मेला–२०७५ मा ग्राहकको उल्लेख्य भिड लागेको छ । विराटनगर–७ मेनरोडस्थित बैंक अफ काठमाडौंको अगाडिको खाली स्थानमा जारी १ महिने मेलामा जुत्ता चप्पल किन्ने ग्राहकको ओइरो लागेको हो ।

मेलामा आउने ग्राहकहरु दिन प्रतिदिन बढ्दै गएको विराट जुत्ता चप्पल मेलाका सुपरभाईजर गोविन्दप्रसाद घिमिरेले जानकारी दिए । बजारका तुलनामा मेलाका अबसरमा तुलनात्मकरुपमा जुत्ता चप्पल सस्तो पाएपछि ग्राहकको संख्या बढ्दै गएको उनको भनाई छ ।

Advertisement

उनले यकिन तथ्यांक नभएपनि दैनिक १० हजारले मेलाको अवलोकन गर्ने गरेको बताए । निःशुल्करूपमा प्रवेश रहेको मेलामा जुत्ता–चप्पल खरिद गर्ने ग्राहकले १५ देखि ६० प्रतिशतसम्म छुट पाउने मेला संयोजक होमनाथ उपाध्यायले बताए । उनले मेलामा विएफ डियर हिल, रन सुज, क्रस रोड, म्याजिक, सु ल्याण्ड र कोसेली सुजका स्पोर्टस्, क्याजुअल, हवाई चप्पल र बेल्ट बिक्रीमा राखिएको जानकारी दिए ।

Advertisement

मेला अबलोकनका लागि आएका ग्राहकहरुले बजारमा भन्दा निकै सस्तो मुल्यमा जुत्ता चप्पल पाईएको प्रतिकृया दिएका छन् । मेलामा स्वदेशी १० वटा उद्योगका स्टलहरु राखिएको छ भने करीब २ लाखले अवलोकन गर्ने आयोजकको अपेक्षा रहेको छ । मेलाको प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले गत बुधबार एक समारोहका बिच उद्घाटन गरेका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top