युएईविरुद्धको अन्तिम एकदिवसीय खेलमा नेपाललाई २५५ रनको लक्ष्य

१४ माघ ७५, सोमबार
Share this
720shares

एजेन्सी, माघ १४
तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको अन्तिम खेलमा नेपाललाई युएईले २५५ रनको लक्ष्य दिएको छ ।

Advertisement

आईसीसी क्रिकेट एकेडेमीमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा २ सय ५४ रन बनाएको हो । युएईका अग्रपंक्तिका ब्याट्सम्यानले राम्रो गर्न नसके पनि मध्यमक्रमका ब्याट्सम्यानले उत्कृष्ट प्रदर्शन गरेका थिए ।

युएईका लागि सिपी रिजवानले ४५, मोहम्मद उस्मानले २६ र घुलाम शब्बेरले १८ रन बनाए । नेपालका लागि करण केसीले दुई विकेट लिए । त्यस्तै, सन्दीप लामिछाने, कप्तान पारस खड्का र सोमपाल कामीले समान १–१ विकेट लिए । अहिले नेपालले लक्ष्य पच्छाइरहेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top