×

NEPAL TIMES UPDATES

Playing
अब सबैभन्दा ठूलो मुश्लिम देशमा पनि ट्रम्पको दबदबा || Nepal Times
Apr 13, 2026
Playing
सिंहदरबार छिरे कलाकारःबालेन प्रधानमन्त्री, सुधन गृहमन्त्री बनेको वर्ष || Nepal Times
Apr 13, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-30-2082 || Nepal Times
Apr 13, 2026
Playing
कांग्रेसमा आ–आफ्नै ढम्फु बजाउँदै नेताहरू, राजेन्द्रले छाडे कांग्रेस || Nepal Times
Apr 13, 2026
Playing
८ करोड भाडा वक्यौता,बालेन सरकारले ताला ठोक्यो, धमलादेखि अखिलको कार्यालयसम्म || Nepal Times
Apr 13, 2026
Playing
Mossad New Chief Roman Gofman, जसलाई गुप्तचरको अनुभव छैन् || Nepal Times
Apr 13, 2026
Playing
पूर्वराजाको नयाँ वर्षको सन्देशः देश प्रयोगशाला भयो, अब बनोस् || Nepal Times
Apr 13, 2026
Playing
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दाको छिनोफानो बुधबार || Nepal Times
Apr 13, 2026
Playing
पोप र Trumpबीच भनाभनःपोपले आलोचना गर्दा ट्रम्पले भने यस्ता धर्मगुरु चाहिदैन || Nepal Times
Apr 13, 2026
Playing
कस्तो रह्यो वर्ष २०८२ ? एउटा युगको त्रासदीपूर्ण अन्त्य || Nepal Times
Apr 13, 2026

नेपाललाई विकसित र सभ्य देश बनाउनुपर्छ : प्रचण्ड

२१ पुष २०७४

चितवन, पुस २१
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले नेपाललाई आर्थिक क्रान्तिद्वारा संसारको सबैभन्दा विकसित र सभ्य देशका रुपमा चिनाउनुपर्ने बताएकाम छन् ।

चितवन उद्योग संघको १८औँ वार्षिक साधारणसभा तथा नवौँ अधिवेशनको आज उद्घाटन गर्दै अध्यक्ष दाहालले नेपाललाई संसारले हेर्नै पर्ने देश बनाउनुपर्नेमा जोड दिए ।

Advertisement
Advertisement

राजनीतिक परिवर्तनका लागि संघर्ष गर्नुपर्ने समय अब सकिएको भन्दै उनले अब देशलाई विकास निर्माणतर्फ लैजानुपर्ने बताए । उनले नेपालमा नयाँ संविधान निर्माण गरी स्थानीय तहदेखि प्रदेश हुँदै संघसमेतको निर्वाचन सम्पन्न भएकाले राजनीतिकरुपमा ऐतिहासिक परिवर्तन भएकाले अब मुलुक आर्थिक समृद्धितर्फ जानुपर्ने बताए ।

उनले भने, “हामीले अब विकास निर्माणलाई गति दिन सकेनौँ भने राजनीतिक नेतृत्वको यो पार्टी, त्यो पार्टी, यो नेता त्यो नेताको मात्रै असफलता हुँदैन, सिँगै नेपाल असफल हुन्छ । त्यतिबेला नेपाल अहिलेसम्मकै सबैभन्दा अप्ठ्यारो स्थितिमा जानेछ ।”

अहिलेसम्म हामीले राजा र निरंकुशलतालाई दोष दिएको भन्दै उनले अब हामीले दोष लगाउने कुनै ठाउँ नभएको बताए । दाहालले भने, “हामी नयाँ संकल्प र प्रतिबद्धताका साथ विकास र समृद्धिलाई गति दिन सकिएन त्यसको सबैभन्दा ठूलो दोषी तपाईं हामी सबै हुने स्थिति आउँछ ।” यो परिवर्तनलाई संस्थागत गर्दै दुई ठूला देशको बीचमा रहेर छिटोभन्दा छिटो उनीहरुको विकासबाट लाभ लिन सक्नुपर्ने बताए ।

त्रिदेशीय साझेदारीले हामी अघि बढ्ने प्रचुर सम्भावना रहेको भन्दै अध्यक्ष दाहालले भने, “हामी सबैले एकचोटी संकल्प गरेर अब पाँच वर्षभित्र कम्तीमा नेपाली जनतालाई एउटा नयाँ युग आएको हो भन्ने अनुभूति गराउनुपर्छ ।”

आउँदो दशक नेपालको समृद्धिको दशकका रुपमा हामीले संसारलाई चिनाउनु पर्ने उनले बताए । चितवन क्षेत्र नं ३ बाट निर्वाचित सांसदसमेत रहेका दाहालले चितवन जिल्ला नेपालको आर्थिक विकासको राजधानी हुने बताए ।

आर्थिक विकाससँग जोडिएको हुनाले चितवनको भविष्य र चितवनले खेल्नुपर्ने भूमिका सिँगै नेपालको आर्थिक विकासको निम्ति अग्रणी भएको उनले बताए । देशको मध्यभागमा रहेकाले चितवनलाई आर्थिक ‘हब’ बनाउन सकिने सम्भावना रहेको पनि अध्यक्ष दाहालको भनाइ थियो ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य कृष्णभक्त पोख्रेलले देशको आर्थिक विकासका लागि चितवनका उद्योगी व्यवसायीको महत्वपूर्ण भूमिका रहेको बताए । चितवनलाई देशको आर्थिक राजधानीको रुपमा विकास गर्न सकिने उनले बताए ।

Advertisement

रासस

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top