NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
कम्बोडियाले किन माग्यो युद्धविराम ? शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन् शनिबार साउन १० , २०८२
मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ? शनिबार साउन १० , २०८२
विद्याको समर्थन गर्नेलाई एमालेले हान्यो चाबुक शनिबार साउन १० , २०८२
विद्याले ओलीलाई दिइन दनक,मुठ्ठीभर नेताले सदस्यता खोस्न सक्दैनन्  शुक्रबार साउन ९ , २०८२
Next
Prev

समाचार

पटकपटक धम्की खेप्दै आएका वसन्तमाथि यसरी भयो गोली प्रहार

शनिबार पुस २२ , २०७४
Reading Time: 1 min read
A A
तस्कर र वन रक्षकबीच गोली हानाहान
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

बुटवल – रुपन्देहीमा फेरि एमाले कार्यकर्ताको गोली हानी हत्या भएको छ । देवदह नगरपालिका–२ का फर्निचर व्यवसायी वसन्त पौडेल (बलु) को शुक्रबार हत्या भएको हो । मोटरसाइकलमा आएका दुईजनाले उनलाई गोली हानेका हुन् । छातीमा गोली लागेका पौडेलको लुम्बिनी अञ्चल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको इप्रका बुटवलका डिएसपी पवन भट्टराईले बताए । आजको नयाँ पत्रिकामा खबर छ ।

जिम्मा मनोज पुनले लिए
हत्याको जिम्मा मनोज पुनले लिएका छन् । यसअघि युवासंघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्यामा पनि उनकै संलग्नता थियो । आफू मलेसियाबाट बोलेको भन्दै उनले वसन्तको हत्या ‘आफ्ना केटाहरूले’ गरेको बताएका छन् । केही सञ्चारकर्मीलाई फोन गरेर उनले आफूसँगको रिसइवीका कारण हत्या गरेको बताएका छन् ।

को हुन् वसन्त ?
पौडेल स्थानीय एमाले नेता नीलकण्ठ पौडेलका एक मात्र छोरा हुन् । साबिकको केरवानी गाविसका पूर्वअध्यक्ष नीलकण्ठ देवदह क्षेत्रका समाजसेवी हुन् । विगतमा युवासंघको क्षेत्रीय कोषाध्यक्ष भएर काम गरेका वसन्तले पछि पार्टी सदस्यता लिएका थिए । युवासंघका तत्कालीन अध्यक्ष दुर्गा तिवारीसँगै युवासंघको राजनीतिमा सक्रिय वसन्तले उज्ज्वल सःमिल चलाउँदै आएका थिए ।

Advertisement

पटकपटक धम्की खेप्दै आएका थिए वसन्तले
स्थानीय एमाले नेताहरूका अनुसार वसन्तलाई मनोज पुनको नाममा पटकपटक धम्की आउने गरेको थियो । दुर्गा तिवारीको हत्यालगत्तै अब तेरो पालो हो भन्ने धम्की वसन्तले पाएका थिए । पटकपटक धम्की आएको कुरा प्रहरी प्रशासनलाई पनि थाहा रहेको स्थानीयको भनाइ छ । पटकपटक धम्की खेप्दै आएका वसन्तले पछिल्लोपटक मोबाइल नम्बर नै परिवर्तन गरेका थिए ।

को हुन् मनोज ?
युवासंघ रूपन्देहीका अध्यक्ष दुर्गा तिवारी र वसन्त पौडेलकोे हत्यामा संलग्न भनिएका मनोज पुन विगतमा युवासंघकै कार्यकर्ता थिए । रूपन्देहीको देवदह नगरपालिका–६ का मनोज पुन भन्ने मनोज बुढामगरको समूहले पछिल्ला वर्षमा चन्दाआतंक मच्चाउँदै आएको छ । मनोज संगठित अपराध, हातहतियार खरखजाना र ज्यान मार्ने उद्योग मुद्दामा संलग्न रही फरार रहेको प्रहरीको भनाइ छ । ४ पुस ०७३ मा युवासंघ रूपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्यामा मनोज पुनको संलग्नता रहेको प्रहरीले जनाएको छ ।

युवासंघद्वारा अनिश्चितकालीन बन्दको घोषणा


पौडेल हत्याको विरोधमा युवासंघ नेपालले शनिबार बिहान ७ बजेदेखि अनिश्चितकालीन रूपन्देही बन्दको घोषणा गरेको छ । संघका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज सुजु मल्ल र जिल्ला अध्यक्ष नकुल शाहीले शुक्रबार विज्ञप्ति जारी गर्दैे पौडेलको हत्या अत्यन्तै दुःखद र निन्दनीय भएको भन्दै अनिश्चितकालीन जिल्ला बन्द गर्न बाध्य भएको उल्लेख गरेका छन् । ‘युवासंघका जिल्ला अध्यक्ष दुर्गा तिवारीलाई गोली हानी हत्या भएको ठीक एक वर्षपछि फेरि यस्तो घटना घट्नु प्रहरी प्रशासनको कमी–कमजोरी हो, जबसम्म यो घटनामा संलग्न हत्यारा पक्राउ गरिँदैन, तबसम्म हाम्रो आन्दोलन रोकिने छैन,’ विज्ञप्तिमा भनिएको छ ।

यसरी भयो गोली प्रहार
शुक्रबार बिहान करिब ११ बजे वसन्त र उनकी पत्नी ढेकारस्थित सःमिलको कम्पाउन्डभित्र आगो तापेर बसेका थिए । त्यही वेला मोटरसाइकलमा दुईजना आए । इप्रका बुटवलका डिएसपी पवन भट्टराईका अनुसार सुरुमा उनीहरूले आफूलाई काठ चाहिएको बताएका थिए । लगत्तै एकजनाले पौडेलमाथि गोली प्रहार गरे । छातीमा गोली लागेका उनी त्यहीँ ढले । गोली हानेपछि उनीहरू मोटरसाइकलमै फरार भएका छन् । पौडेललाई तत्काल उपचारका लागि लुम्बिनी अञ्चल अस्पताल बुटवल लगिएको थियो । त्यहीँ उनको मृत्यु भएको हो ।

लोकप्रीय

कम्बोडियाले किन माग्यो युद्धविराम ?

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ?

शनिबार साउन १० , २०८२

विचार

कम्बोडियाले किन माग्यो युद्धविराम ?

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ?

शनिबार साउन १० , २०८२

थप समाचार

कम्बोडियाले किन माग्यो युद्धविराम ?
अन्तर्राष्ट्रिय

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्
अन्तर्राष्ट्रिय

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?
ताजा समाचार

मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ?

शनिबार साउन १० , २०८२
विद्याको समर्थन गर्नेलाई एमालेले हान्यो चाबुक
ताजा समाचार

विद्याको समर्थन गर्नेलाई एमालेले हान्यो चाबुक

शनिबार साउन १० , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: सय मोस्टवान्टेड Chinaमा, Modiले डुलेरै सके ३६२ करोड || Nepal Times

World News: सय मोस्टवान्टेड Chinaमा, Modiले डुलेरै सके ३६२ करोड || Nepal Times

00:23:28

World News: Bangladeshका पूर्व प्रधानन्यायाधीश प*क्राउ, Indiaले चिनियाँलाई पर्यटक भिसा खोल्यो

00:15:43

World News:ओबामामाथि ‘राजद्रोह’को आरोप, एआई भ्वाइस फ्रडप्रति अल्टम्यानलाई चिन्ता || Nepal Times

00:14:45

World News: अमेरिका जान 250 Dollar ‘कर’, हुथीले कब्जा गरेको बन्दरगाहमा आ*क्र*मण || Nepal Times

00:13:00

World News: २८० सवार जहाजमा भीषण आगलागी, खामेनीका दूत र पुटिनको वार्ता || Nepal Times

00:15:26

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

संविधान दिवसमा ६८१ कैदीलाई आममाफी,९९८ जनालाई विभूषण

विद्याका सबै सपना उडायो हुरीले, पार्टीको झण्डा बोक्नै नपाउने

बुधबार साउन ७ , २०८२
राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

विद्यालाई अब कसैले रोक्न नसक्ने, ओलीकै पोल खोलिन्

मङ्लबार साउन ६ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

प्रचण्ड गर्मीकाबीच आज कहाँ हुँदैछ भारी वर्षा ?

बिहिबार साउन ८ , २०८२

हालका पोस्टहरू

कम्बोडियाले किन माग्यो युद्धविराम ?

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ?

शनिबार साउन १० , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.