बार्षिकोत्सवमा गोल्डेन अस्पताल पुग्यो ऋषिदेव बस्तीमा

विराटनगर, फागुन ११
विराटनगरस्थित गोल्डेन अस्पतालले आफ्नो ८ औं बार्षिकोत्सवको अवसर पारेर विराटनगर–१२ का विपन्न ऋषिदेव समुदायलाई घरेलु उपयोगका सामाग्री वितरण गरेको छ ।

Advertisement

सो क्षेत्रमा बसोबास गर्ने ६५ परिवारलाई एकएक थान गुन्द्री,झुल र कम्मल वितरण गरिएको हो । अस्पतालले आफ्नो ८ औं बार्षिकोत्सवको अवसर पारेर सो क्षेत्रका ऋषिदेव समुदायलाई घरेलु उपयोगका सामाग्री वितरण गरेको हो ।

Advertisement

बार्षिकोत्सवको अवसरमा फजुल खर्च गरेर तामझाम गर्नुको साटो अस्पतालको सामाजिक उत्तरदायित्व अन्र्तगत विपन्न समुदायलाई सामान्य भएपनि राहत पु¥याउने उद्धेश्यले सामाग्री वितरण गरिएको गोल्डेन अस्पतालका निर्देशक सनातन मण्डलले जानकारी दिए ।

विराटनगर वडा नम्बर–१२ का अध्यक्ष हिरालाल कामत,अस्पतालका अध्यक्ष आरती आनन्द,संचालक डाक्टर श्यामकुमार रौनियार र निर्देशक दिनेश ठाकुर लगायतले ती सामाग्री हस्तान्तरण गरेका थिए ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top