तरकारी ढिलो पकाएको निहुँमा श्रीमतीलाई गोली प्रहार गर्ने पक्राउ

१९ फागुन ७५, आइतबार
Share this
761shares

बलेवा,फागुन १९
घरायसी विवादमा श्रीमतीलाई गोली प्रहार गरी फरार बागलुङको बडिगाड गाउँपालिका–१० दर्लिङका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
दर्लिङ–७ पात्ले कटरियाका ३५ वर्षीय चन्द्रबहादुर घर्तीलाई प्रहरीले उनकै घरबाट शनिबार पक्राउ गरेको हो । तरकारी ढिलो पकाएको निहुँमा झगडा हुँदा श्रीमती बालकुमारीलाई घर्तीले गोली हानी घाइते बनाएका थिए ।

Advertisement

घटनापछि लुकेका घर्तीलाई उनकै घरबाट पक्राउ गरिएको भीमगिठे प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक भोजबहादुर बानियाँले जानकारी दिए । घाइते बालकुमारी र उनका श्रीमान् दुबैलाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पठाएको उनले बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top