×

NEPAL TIMES UPDATES

Playing
संसदमा १२ सभापतिलाई तलब, घरभाडा सहित गाडीको सुविधा || Nepal Times
Apr 17, 2026
Playing
चीनतर्फ भारतको एप्पल पाटपुर्जा निर्यात कीर्तिमानी स्तरमा|| Nepal Times
Apr 17, 2026
Playing
आज महान आमाको मुख हेर्ने दिन
Apr 17, 2026
Playing
लेब*नान–इजरा*यल ऐतिहासिक १० दिने यु*द्धविराम, बेरु*तमा उत्सव|| Nepal Times
Apr 17, 2026
Playing
आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह|| Nepal Times
Apr 17, 2026
Playing
आमाप्रति श्रद्धाभाव गरेर औँसी मनाइँदै, थानकोटको मातातीर्थमा मेला || Nepal Times
Apr 17, 2026
Playing
प्रधानमन्त्रीसँग मुख्यमन्त्रीले गरे गाँ जा खोल्ने प्रस्ताव || Nepal Times
Apr 16, 2026
Playing
दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश, विदेश जान अनुमति चाहिने || Nepal Times
Apr 16, 2026
Playing
उर्जाका सबै समस्या समाधान गर्न विराजभक्तले कम्मर कसे,रोजगारी र लगानी सुनिश्चित || Nepal Times
Apr 16, 2026
Playing
के पूरक बयानका लागि ओली र लेखकलाई फेरि बोलाइन्छ ? || Nepal Times
Apr 16, 2026

राजनीतिक नेताहरुको आँखामा भरतमोहन : पुरानो र नयाँ पुस्तालाई जोड्ने उच्च विचारका कम्युनिष्ट अगुवा

१९ फाल्गुन २०७५

काठमाडौँ, फागुन १९
पूर्वउपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको आज राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।अधिकारीलाई उनका तीन छोरीहरु लुना, लिमा र लिजाले दागबत्ति दिएका छन् । अन्त्येष्टिअघि आर्यघाट उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोख्रेलले राष्ट्रिय झण्डा ओढाए ।

नेता अधिकारीको पार्थिव शरीरलाई अन्त्येष्टिअघि नेकपाको पार्टी कार्यालय धुम्बाराहीमा अन्तिम श्रद्धाञ्जली दिइएको थियो । प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी अध्यक्ष प्रचण्डले पार्टीको झण्डा ओढाएर नेता अधिकारीप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

Advertisement
Advertisement

अधिकारीलाई श्रद्धाञ्जलि दिन नेकपाको केन्द्रीय कार्यालय धूम्रबाराहीमा उपस्थित नेताले पुरानो र नयाँ पुस्तालाई जोड्ने सादा जीवन उच्च विचारका कम्युनिष्ट अगुवाका रुपमा स्मरण गरेका छन् । अधिकारी उच्च विचार बोक्ने निष्ठावान र जनताको भावना बुझ्ने सच्चा कम्युनिष्ट नेता भएको विभिन्न दलका नेताहरुले बताएका छन् ।

मनमोहन स्मृति प्रतिष्ठान र मनमोहन पोलिटेक्निकका अध्यक्ष तथा नेपाली कम्युनिष्ट आन्दोलनका अथक योद्धा अधिकारीलाई नेताले सादा जीवनका पक्षपोषक, चिन्तनशील, कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाउनुपर्छ भनेर निरन्तर लाग्ने राजकीय रुपमा पनि सम्मानलायक नेता भएको उल्लेख गरेका छन् । नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कम्युनिष्ट आन्दोलन र लोकतान्त्रिक आन्दोलनको कोणबाट हेर्दा सबै मूल्य र मान्यताका आधारमा अघि बढ्ने सादा जीवनको पक्षपोषक अधिकारी जनतालाई विकासको प्रक्रियामा सहभागी गराउन जीवनभर चिन्तनशील भएको व्यक्तिको रुपमा सम्झिए ।

‘उहाँकै देन हो ‘आफ्नो गाउँ आफैं बनाऔँ’ भन्ने अभियान, बजेट व्यवस्थापनदेखि वृद्धभत्ता दिने मात्रै होइन पछि मनमोहन स्मृति प्रतिष्ठानको अध्यक्ष भएर उहाँले वृद्धलाई देशदर्शन अभियानमा सरिक गराएर वृद्धको सम्मान गर्ने एक किसिमको संस्कार हुर्काउने काम गर्नुभयो’ नेता नेपालले भने ।

वि.सं २०४४ पछि उनीसँगै कम्युनिष्ट पार्टीलाई लोकतान्त्रिक आन्दोलनमा संलग्न गराउने सन्दर्भमा नेपाल अधिराज्यको संविधान निर्माण गर्ने सन्दर्भमा र दुईवटै पार्टीलाई एकताबद्ध बनाउने कुरामा अधिकारीको अतुलनीय योगदान रहेको भन्दै नेता नेपालले उनी पुरानो र नयाँ पुस्ता जोड्ने, विचारको मामलामा प्रष्ट, जनताको बहुदलीय जनवादका मूल्य मान्यतालाई गहिरो रुपमा आत्मसात गर्ने, प्रजातान्त्रिक उदार विचारका पक्षपोषक तथा राजकीय जिम्मेवारीलाई योग्यता र कुशलताका साथ सम्हालेका नेता भएको उल्लेख गरे ।

श्रद्धाञ्जलिपछि संक्षिप्त प्रतिक्रिया दिँदै सभामुख कृष्णबहादुर महराले पछिल्लोचोटी २०६८ सालमा सँगै उपप्रधानमन्त्री बनेको स्मरण गर्दै परिपक्क विचारवान नेता भएकाले उनको निधनले सच्च नेताको अभाव खड्किएको महसुस भएको बताए ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले नेता अधिकारीलाई नेपाल कम्युनिष्ट आन्दोलनमा निरन्तर लाग्दै आएका नेताको रुपमा स्मरण गर्दै २००७ सालको परिवर्तनपछि राजनीतिक पार्टी निर्माणको प्रक्रियामा शुरुदेखि नै कम्युनिष्ट आन्दोलनमा लागेका पुरानो पुस्ताको एउटा अथक योद्धा थिए

उनका अनुसार कम्युनिष्टको दोस्रो महाधिवेशनमा नेता अधिकारी प्रतिनिधि थिए । तृतीय महाधिवेशन हुँदा वि।सं २०१९ मा उनी केन्द्रीय कमिटीमा हुँदा कम्युनिष्ट विभाजन भयो । दाजु मनमोहनको पक्षमा रहेका उनी शक्तिशाली नेता थिए । कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्ने एउटा सपना बोक्नु भएका उनी निरङ्कुशता विरुद्धको आन्दोलनमा लगातार लागेका थिए ।

पञ्चायतविरुद्धको आन्दोलनमा उनका कार्यक्रममा आफू पनि सहभागी हुने गरेको स्मरण गर्दै मन्त्री पोखरेलले उनकै अग्रसरतामा मदन भण्डारीसँग पनि भेटघाटको अवसर जुरेको स्मरण गरे । संयुक्त मोर्चाका पक्षधर, निरङ्कुशता विरोधी आन्दोलन २०४६ वरिपरिको वाममोर्चामा सहभागी नेता अधिकारी वि।सं २०४७ को संविधान निर्माण गर्न गठित आयोगको सदस्य रहेर महत्वपूर्ण भूमिका खेल्नुभएको मन्त्री पोखरेलले बताए ।

नेपालको राजकीय पक्ष, सरकार र संसद्सँग सम्बन्धित कामको कोणबाट हेर्दा उनले चालेको कदम ‘आफ्नो गाउँ आफैं बनाऔं,’ र वृद्धभत्ताको कार्यक्रम अहिले पनि सम्झनलायक रहेको उल्लेख गर्दै मन्त्री पोखरेलले राजनीतिकसँगै आर्थिक र सामाजिक पक्षमा पनि उनको योगदान अतुलनीय रहेको उल्लेख गरे ।

‘पछिल्लो समयमा आफू शिक्षा मन्त्रीभएपछि विराटनगरमा पोलिटेक्निकल स्कुल चलाउने सन्दर्भमा उहाँको विशेष योगदान रह्यो, अविचलित ढङ्गले कम्युनिष्ट आन्दोलनमा निरन्तर लाग्ने धरोहर हुनुहुन्थ्यो, जसको योगदान नयाँ पुस्ताले सिक्न लायक छन् ।’ मन्त्री पोखरेलले स्मरण गरे ।

प्रतिकुलतामा विचलित हुने अहिलेको अवस्थामा उनबाट नयाँपुस्ताले सिक्नुपर्ने बताउँदै मन्त्री पोखरेलले अहिलेको वृहत कम्युनिष्ट आन्दोलन निर्माण हुनुमा उनीजस्ता अग्रजले खेलेको भूमिका महत्वपूर्ण रहेको बताए ।

नेपाली काङ्ग्रेसका उपसभापति विजयकुमार गच्छदारले आफु विद्यार्थी हुँदा नै कम्युनिष्ट पार्टीको नेतृत्वमा पुगिसकेका इमान्दार नेताको रुपमा चिनेको र उनको अवसानले राष्ट्रले असल राजनीतिज्ञ गुमाएको महसुस भएको बताए ।

नेता अधिकारीले नेपालको राजनीतिक परिवर्तन, उतारचढाव र आन्दोलनमा राष्ट्रका लागि नेतृत्वदायी भूमिका खेलेकाले कम्युनिष्टका लागि मात्रै होइन, संसदीय प्रजातन्त्रका लागि सधैँ समर्पित भएर योगदान पु¥याउनुभएको भन्दै गच्छदारले जननिर्वाचित भएर आउँदा अर्थमन्त्रीको रुपमा रहेर जनप्रिय काम गरेर इतिहास कायम गरेको स्मरण गरे ।

उनले देशको आर्थिक उन्नयनका लागि लोकप्रिय उदार अर्थनीति ल्याएका अधिकारीलाई असल अर्थविद्को रुपमा समेत परिभाषित गरे । नेपाली काङ्ग्रेसका महामन्त्री शशाङ्क कोइरालाले उनको कार्यकालमा धेरै लोकप्रिय कार्यक्रम भएको उल्लेख गर्दै निष्ठावान, आदर्श व्यक्ति, सफल अर्थमन्त्री र सफल नेताको रुपमा आफूले चिनेको उल्लेख गरे ।

वि।सं २०५१ मा नेकपा (एमाले) का तत्कालीन अध्यक्ष तथा प्रथम कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको पहिलो जननिर्वाचित कम्युनिष्ट सरकारका अर्थमन्त्री भरतमोहन अधिकारीले प्रस्तुत गर्नुभएको बजेटबाट सर्वप्रथम ‘ज्येष्ठ नागरिक भत्ता’, ‘आफ्नो गाउँ आफैँ बनाऔँ’ कार्यक्रम, ‘नौ स’ अभियानजस्ता जनप्रिय र लोककल्याणकारी कार्यक्रम थालनी भएको थियो ।

Advertisement

८२ वर्षीय अधिकारीको शनिबार राति ह्याम्स हस्पिटलमा उपचारका क्रममा निधन भएको थियो । दिवंगत नेता अधिकारीका श्रीमती र तीन छोरी छन् ।

भर्खरको समाचार

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

सम्बन्धित खबरहरु

४ बैशाख २०८३
Scroll to Top