पाँच अङ्कले घट्यो शेयर बजार

१९ फागुन ७५, आइतबार

काठमाडौँ,फागुन १९

Advertisement

साताको पहिलो दिन आज धितोपत्र बजारमा शेयरको मूल्य करिब पाँच अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ४.९५ विन्दुले घटेर ११००.५८ विन्दुमा झरेको छ ।

यस्तै ठूला कम्पनीको शेयर कारोवार गर्ने सेन्सेटिभ परिसूचकसमेत ०.९५ विन्दुले घटेर २३३.८८ विन्दुमा कायम भएको छ । स्टकका अनुसार कूल १७४ कम्पनीको आठ लाख ७३ हजार ४९५ कित्ता शेयर रु २३ करोड ५३ लाख २० हजार ९४० मूल्यमा खरीद बिक्री भए ।

Advertisement

कारोवार भएका दश उपसमूह मध्ये आज दुई उपसमूहको शेयर बढेको छ भने आठ उपसमूहको शेयर घटेका छन् । होटल ४.२३ र जीवन बीमा ५३.०८ विन्दुले बढेको छ । बैंकिङ ६.५९, विकास बैंक ४.४६, जलविद्युत् ४.११, वित्त ०.४४, निर्जीवन बीमा २७.७२, उत्पादन २३.७३, अन्य १.८९ र लघुवित्त ७.५५ विन्दुले घटेको छ ।

स्टकका अनुसार भागर्व विकास बैंकका शेयरधनीले ५.८४ प्रतिशतले कमाउँदा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ३.४५, सानिमा माइ हाइड्रो पावर कम्पनी २.७९ र जनउत्थान सामुदायिक लघुवित्त विकास बैंकका शेयरधनीले २.२० प्रतिशतले कमाएका छन् ।

Advertisement

यस्तै सिन्धु विकास बैंकका शेयरधनीले ८.६९, कृषि विकास बैंक ६.४१, आँखु खोला जलविद्युत् कम्पनी ५.८८, घलेम्दी हाइड्रो पावर लिमिटेड ४.७४, जोशी हाइड्रो पावरका शेयरधनीले ४.५४ प्रतिशतले गुमाएका छन् ।

घटेको बजारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको रु दुई करोड ६० लाख चार हजार ६५९, नेपाल बैंक लिमिटेडको रु एक करोड पाँच लाख ५९ हजार ४११, प्रभु बैंकको रु ९९ लाख १० हजार ९४१ र एनएमबी बैंकको रु ९५ लाख ६९ हजार ५७३ मूल्यमा शेयर कारोवार भएका छन् ।रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top