×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

सिन्धुपाल्चोकमा एक महिनाभित्र सुक्खा बन्दरगाह तयार हुँदै

२४ फाल्गुन २०७५

मेलम्ची,फागुन २४

सिन्धुपाल्चोकको लार्चामा निर्माणाधीन बन्दरगाह एक महिनाभित्र तयार हुने भएको छ । चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भइरहेको बन्दरगाहको काम करिब पूरा भएको नेपाल इन्टरमोडल यातायात विकास समितिका अधिकारीले जानकारी दिएका छन् । अप्रिल महिनामा चिनियाँ पक्षले निर्माण सम्पन्न गरेर नेपाललाई हस्तान्तरण गर्नेछ ।

Advertisement
Advertisement

करिब ९० रोपनी क्षेत्रफलमा फैलिएको बन्दरगाहमा दुईतले भवन निर्माण गरिएको छ । भवनमा अध्यागमन, भन्सार, बैंक लगायतका कार्यालय रहनेछन् । दोस्रो भवन कर्मचारीको आवास हुनेछ ।

मितेरी पुलदेखि ६ किलोमिटर पश्चिम भोटेकोशी गाउँपालिकाको लार्चामा बनिरहेको बन्दरगाहमा १५८ ठूला मालवाहक ट्रक र २३ साना गाडी जाँच गर्न सकिने छ । १०० मेट्रिकटनसम्म सामान बोकेका गाडी एकै पटक तौलिन सक्ने मेसिन राखिने समितिले जनाएको छ । बन्दरगाहमा आयात र निर्यातका लागि छुट्ठाछुट्टै टर्मिनल निर्माण गरिएको छ । बन्दगाहका लागि आवश्यक क्वारेनटाइन, गोदाम घर, जाँचपास याड, चेकपोष्टलगायतका संरचना निर्माण भइरहेका छन् ।

अरनिको राजमार्गबाट बन्दरगाह जोड्नका लागि भोटेकोशी नदीमाथि पुल निर्माण भइरहेको छ । नेपाल–चीन द्विपक्षीय सम्झौता भएर वि.सं २०६९ बाट निर्माण शुरु गरिएको बन्दरगाह वि.सं २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पपछि रोकिएको थियो ।

चीन सरकारको रु एक अर्ब २० करोड लागतमा निर्माण हुनलागेको हो । चिनियाँ सरकारकै सहयोगमा मितेरी पुलदेखि बन्दरगाहसम्मको सडक स्तरोन्नति भइरहेको छ । नेपाल–चीन जोड्ने मितेरी पुल धमाधम निर्माण भइरहेको छ । योसँगै तातोपानी नाका खुल्ने सुनिश्चित भएको छ । द्विपक्षीय छलफलले मे १ मा नाका खोल्ने मौखिक सहमतिसमेत गरेको छ ।

पाँचपोखरीको मूल सडक स्तरोन्नति

पाँचपोखरी थाङपाल गाउँपालिकाको प्रमुख सडक स्तरोन्नति हुने भएको छ । पहिलो चरणमा मेलम्ची नगरपालिकाको सिमाना राम्चे डिलदेखि धापसम्मको सडक स्तरोन्नति हुनलागेको हो ।

पहिलो चरणअन्तर्गत गाँउपालिकाको सिमाना राम्चेडिलदेखि तिपेनी, गाउँपालिकाको कार्यालय थापटार, गुन्सा, मानेखर्क हुँदै धापसम्मको १० किलोमिटर सडक स्तरोन्नति हुनेछ । यसका लागि ठेक्का प्रक्रिया सम्पन्न भई ठेकेदारले खन्ने काम शुरु गरिसकेको गाउँपालिकाका अध्यक्ष टासी लामाले बताए । ‘मेलम्ची नगरपालिकाको चार किलोमिटर क्षेत्र सकिनासाथ हाम्रो क्षेत्रमा पिच गर्नका लागि काम नै शुरु भइसक्यो ।’ ह्योल्मोले भने, ‘मेलम्ची नगरपालिकाले पनि डिपिआरको प्रक्रिया शुरु गरिसकेकोले सबै १४ किलोमिटर क्षेत्र पिच हुनेछ ।’ सडक स्तरोन्नति भएपछि स्थानीय जनताको जीवनस्तरमा समेत सुधार आउने उनले बताए ।

सडक निर्माणको लागि कूल रु ६४ करोडको लागत स्टिमेटमा बोलपत्र आह्वान गरेको र सो मूल्यमा ३८ प्रतिशत कम मूल्यमा काम गर्न चाहने निर्माण व्यवसायीको छनोटसमेत भइसकेको छ । ‘मेलम्ची नगरपालिकाको सिमाना रहेको राम्चेडिलमा केही समस्या आएको छ, त्यसलाई पनि छिट्टै समाधान गछौँ’, लामाले भने, ‘त्यसबाहेक गाउँपालिका प्रवेश गरेपछि कहीँ पनि कुनै समस्या आउन नदिई निर्धारित समयमै आयोजना सम्पन्न गराउने योजनामा छौँ ।’ बाँकी मेलम्ची बजार पुलदेखि राम्चेसम्मको चार किलोमिटर सडकको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) गर्न बाँकी रहेको छ । यो वर्ष मेलम्ची नगरपालिकाले आफ्नो खर्चमा डिपिआर गर्न सम्झौता गरिसकेको छ ।

सो सडक प्रसिद्ध धार्मिकस्थल पाँचपोखरी जान प्रयोग हुने मूल सडक पनि हो । सडकको स्तरोन्नति भएपछि पाँचपोखरी जाने धार्मिक पर्यटकको सङ्ख्या पनि वृद्धि हुने अपेक्षा गाँउपालिकाको छ । यसबाट सो क्षेत्रका मानिसको आर्थिक अवस्थामा पनि सुधार आउने गाँउपालिकाले जनाएको छ ।

टहरामै स्वास्थ्यचौकी

पाँचपोखरी थाङ्पाल गाउँपालिका–५ गुन्सामा भूकम्प गएको चार वर्ष बितिसक्दा पनि जस्ताको टहरामै स्वास्थ्यचौकी रहेको छ । भूकम्पले क्षति पुयाएको गुन्साकोट स्वास्थ्यचौकी भवन बजेट अभावले निर्माण हुननसक्दा अझै टहराबाटै स्वास्थ्य सेवा दिन बाध्य भएको हो । भवन निर्माणका लागि जग्गाको व्यवस्थापन भए पनि बजेट अभावमा निर्माण हुननसक्दा स्वास्थ्य सेवा दिन कठिनाइ भइरहेको वडाध्यक्ष काले गोलेले जानकारी दिए ।

दुईकोठे टहराबाट स्वास्थ्य सेवा दिन र औषधि भण्डारण गर्नसमेत समस्या परेको अध्यक्ष गोलेको भनाइ छ । पाँचपोखरी थाङ्पाल गाउँपालिकाका आठ वडामध्ये सातमा प्रिफाइब अस्थायी स्वास्थ्यचौकी भवन निर्माण भएका छन् । वडा नं ५ को गुन्साकोट स्वास्थ्यचौकी भवन निर्माणका लागि जिल्ला समन्वय समिति सिन्धुपाल्चोकमा प्रस्ताव पेश गरिएको गाउँपालिका अध्यक्ष टासी लामाले जानकारी दिए । उनका अनुसार आठवटै वडामा पक्की स्वास्थ्यचौकी भवन निर्माण गर्न गाउँपालिका लागिपरेको समेत बताए ।

Advertisement

भूकम्पअघि जिल्लामा एक अस्पताल, तीन प्राथमिक स्वास्थ्य केन्द्र र ७९ स्वास्थ्यचौकी रहेकामा भूकम्पका कारण ८० प्रतिशत स्वास्थ्यचौकीमा क्षति पुगेको जिल्ला जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख डा. पोमावती थापाले जानकारी दिइन् । स्थानीय तहलाई अधिकार हस्तान्तरण गर्नुअघि १४ स्वास्थ्यचौकी निर्माण भएको र हाल के कति पुनःनिर्माण भए सोबारे स्थानीय तहले जानकारी नगराएको समेत उनले बताए ।–देवराज सुवेदी/ रासस

भर्खरको समाचार

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

सम्बन्धित खबरहरु

Scroll to Top