संवैधानिक र कानुनी रुपमा महिलाहरु अधिकार सम्पन्नःमन्त्री कार्की

२४ फागुन ७५, शनिबार

विराटनगर, फागुन २४
संवैधानिक र कानुनी रुपमा महिलाहरु अधिकार सम्पन्न भएको प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले बताएका छन् ।

Advertisement

विराटनगर महानगरपालिकाको आयोजनामा भएको कार्यक्रममा बोल्दै मन्त्री कार्कीले कानुनी रुपमा महिलाहरु अधिकार सम्पन्न भएपनि व्यवहारिक रुपमा कार्यान्वयनमा समस्या देखिएको बताए ।उनले यसका लागि प्रदेश सरकारले विभिन्न सचेतनामूलक कार्यक्रमको आयोजना गर्ने तयारी गरिरहेको स्पष्ट पारे ।

Advertisement

यस्तै कार्यक्रममा बोल्दै विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले जन्मदै महिलाहरु विभेदमा पर्ने समस्या पर्ने गरेकाले महानगरले छोरी बचाउ र पढाउ अभियान सुरु गरिसकेको बताए । महिलाहरुलाई शिक्षा दिन सके सबै प्रकारका विभेद अन्त्य भएर जाने बताए ।

कार्यक्रममा मोरङका सहायक प्रमुख जिल्ला अधिकारी चन्द्रकला ओली ,इन्सेकका पूर्वाञ्चल संयोजक सोमराज थापा, विभिन्न गैरसरकारी संस्थाका प्रतिनिधिहरु लगायतको सहभागिता रहेको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top