भोलिदेखि विराटनगरमा साफ च्याम्पियन्सीपः होमग्राउण्डमा उपाधि जित्ने नेपाली चेलीको लक्ष्य

विराटनगर,फागुन २७
साफ महिला फुटबल च्याम्पियन्सीप मंगलबारदेखि विराटनगरमा सुरु हुदैछ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीका प्रशिक्षक हरि खड्काले घरेलु मैदानमा साफ च्याम्पीयन बन्ने बताएका छन् । सोमबार भएको प्रि–म्याच कन्फेरेन्समा प्रशिक्षक खड्काले तयारी राम्रो भएको र टिम शारीरिक तथा मानसिक रुपमा तयार रहेकाले च्याम्पीयनको हकदार रहेको बताएका हुन् ।

यस्तै टोलीकी कप्तान निरु थापाले तयारी राम्रो भएकाले च्याम्पीयन बन्ने बताइन् । खेलाडीहरु प्रतियोगिताका लागि मानसिक र शारीरिक रुपमा बलियो रहेको उनको भनाइ छ । आयोजक नेपालका प्रशिक्षक हरि खड्काले च्याम्पीयन बन्ने दाबी गर्दा भारतले पाँचौं उपाधि जित्ने बताएको छ ।

साफमा सफल राष्ट्र मानिएको भारतकी प्रशिक्षकले भनिन, “चौथो संस्करणसम्म च्याम्पीयन बनेका छौं । यसपटक पनि उपाधि लग्नेछौं । पत्रकार सम्मेलनअघि ६ राष्ट्रका कप्तानले ट्रफी सार्वजनिक गरेका थिए । पाँचौं महिला साफ च्याम्पीनयसिप मंगलबारदेखि विराटनगरमा सुरु हुँदैछ ।

६ राष्ट्र सहभागि च्याम्पीयनसिपको उद्घाटन खेलमा आयोजक नेपाल र भुटानबीच प्रतिस्पर्धा हुनेछ । आयोजक नेपाल रहेको समूह ए मा बंगलादेश र भुटान छन् । समूह बि मा साबिक विजेता भारत, श्रीलंका र माल्दिभ्स छन् । प्रतियोगिताको पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने कार्यक्रम छ ।

नेपाली टोली
गोलकिपरः एन्जिला तुम्बापो, अन्जना राना मगर, उषा नाथ डिफेन्डरः मनमाया लिम्बु, हिराकुमारी भुजेल, गिता राना, पुनम जर्घामगर, अमृता जोसी, कविता धिमाल, पूजा राना मिडफिल्डरः रेनुका नगरकोटी, अनिता बस्नेत, दिपा राई, मन्जली योञ्जन, शर्मिला थापा, सुरु लिम्बु फर्वाड : सावित्रा भण्डारी, निरु थापा, रेखा पौडेल, अनिता केसी

नेपाल भर्सेस भूटान
उद्घाटनपछि प्रतियोगिताको पहिलो खेलमा नेपालले भूटानको सामना गर्नेछ। साफ महिला च्याम्पियन्सीपको पाचौं संस्करणसम्म आइपुग्दा नेपाल र भूटान दुइ पटक आमनेसामने भएका छन्। जसमा नेपालले दुवै खेलमा जित हात पारेको छ। अन्र्तराष्ट्रियस्तरको पछिल्लो पाँच खेलमा दुइमा जित, दुइमा हार र एकमा बराबरी बनाएको नेपाली टोलीको प्रर्दशन सन्तुलित रहेको छ ।

पछिल्लो पाँच खेलमा नेपालले म्यानमारसंग भारतमा भएको वुमन्स गोल्डकपमा दुइपटक हार ब्यहोरेको थियो । समूह चरणको खेलमा ३ शुन्यले पराजित नेपाली टोली उपाधि भीडन्तमा समेत एकका विरुद्ध तीन गोलले पराजित भएको थियो। त्यसैगरि, सोही प्रतियोगितामा इरान र भारतलाई भने पराजित गर्न टोली सफल भएको थियो। २०२० एएफसी वुमन्स ओलम्पिक क्वालिफाइङको पहिलो चरणको खेलमा बंगलादेशसंग भने नेपाली टोली समान एक गोलको बराबरीमा रोकिएको थियो।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top