प्याब्सनको नयाँ नेतृत्वका लागि टिकाराम पुरी पक्षद्वारा उम्मेदवारीको घोषणा

२६ फागुन ७५, सोमबार

विराटनगर, फागुन २७
निजि तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल प्याब्सन केन्द्रीय कार्यसमितिको महाधिवेशनमा टिकाराम पुरी पक्षले आफ्नो उम्मेदवारी घोषणा गरेको छ ।

काठमाडौमा सोमबार आयोजित पत्रकार सम्मेलनमा उक्त घोषणा गरिएको हो । जसमा अध्यक्षमा टिकाराम पुरी वरिष्ठ उपाध्यक्षमा राजेन्द्र बानियाँ उपाध्यक्षहरु खुलातर्फ गोपाल आचार्य काठमाडौं, कृष्ण खनाल रुपन्देही, अनिल झा सप्तरी, दीपिका थापा भक्तपुर, प्रदेश उपाध्यक्षहरुमा प्रदेश नं. १ नारायण घिमिरे प्रदेश नं. २ गोपाल कार्की सर्लाही, प्रदेश न ३ मा शान्त कुमार बानियाँ ललितपुर, गण्डकी प्रदेश माधव शरण उपाध्याय कास्की, बिष्णु पन्थी रुपन्देही, महासचिवमा ईश्वर बहादुर गुरुङ, उपमहासचिवमा कुमार घिमिरे काठमाडौं, कोषाध्यक्ष मधु लोहनी ललितपुर, सचिवहरुमा राजेश कुमार दास मोरङ, रत्न महर्जन ललितपुर, राजकुमार महर्जन भक्तपुर, संगिता सिलवाल काठमाडौं, सह कोषाध्यक्षहरुमा जीवन आचार्य दाङ, र मीन प्रसाद बन्जाडे पाल्पा रहेका छन् ।

घोषणा पत्र जारी गर्दै कम्पनीमा संचालित बिद्यालय कम्पनी अन्तर्गत नै गर्न र नेपाल सरकारले उपलब्ध गराउने ४५५ आरक्षण छात्रवृत्तिमा नीजि बिद्यालयलाई गरिएको बिभेदको अन्त्य गर्ने, निःशुल्क तथा अनिवार्य शिक्षा ऐन अन्र्तगत ५००, ८००, र त्यो भन्दा बढी बिद्यार्थी भएका बिद्यालयले क्रमशः १०५,१२५,१५५ निःशुल्क शिक्षा दिनुपर्ने प्रावधानलाई छात्रवृत्ति अथवा अनुकुल व्यवस्थामा रुपान्तरण गराउने, सरकारद्वारा ल्याईएको बिद्यालय स्तरीय प्राबिधिक शिक्षा कार्यक्रमलाई संस्थागत बिद्यालयहरुमा पनि समान ढंगले लागू गराउन नेपालको संघीय शिक्षा मन्त्रालयसँग दृढतापूर्वक पहल गर्ने, योगदानमा आधारित सामाजिक सुरक्षा कोषको सन्दर्भमा न्यून र मध्यम बर्गका बिद्यालयहरु अहिलेकै अवस्थामा व्यवस्थापन गर्न नसक्ने भएको हुँदा नेपाल सरकारसँग समन्वय गरि बैकल्पिक व्यवस्था गराउने, सामुदायिक विद्यालयका शिक्षक कर्मचारी, नेपाल सरकारको कोषबाट कर्मचारी र जनप्रतिनिधिहरुका छोराछोरी अनिवार्य रुपमा सामुदायिक विद्यालयहरुमा पठनपाठन गराउनु पर्ने भन्ने मान्यता अन्त्य गराउने लगायतका १४ बुँदे घोषणा पत्र जारी गरेको छ ।

कार्यक्रममा बोल्दै अध्यक्षका प्रत्यासी टिकाराम पुरीले नीजि विद्यालय आफुलाई बिजय गराउन सबैलाई आग्रह गरे ।

भर्खरको समाचार

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

सम्बन्धित समाचार

Scroll to Top