इथियोपिया विमान दुर्घटनामा एक नेपालीको मृत्यु

काठमाडौँ, फागुन २७
इथियोपिया विमान दुर्घटनामा एक नेपालीको मृत्यु भएको छ । दुर्घटनामा गोर्खाकी एकता अधिकारीको मृत्यु भएको पुष्टि भएको हो । अधिकारी संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी)मा कार्यरत थिइन् । नेपालस्थित डब्ल्यूएफपी कार्यालयले ट्वीटरमार्फत अधिकारीको निधन भएको पुष्टि गरेको छ ।

डब्ल्यूएफपी नेपालले शोक व्यक्त गर्दै ट्वीटरमा लेखेको छ, ‘एक प्रतिभाशाली मानवतावादी जसले धेरै जनाको जीवनमा खुसी ल्याएकी थिइन् ।’ यूकेबाट एमबीए अध्ययन गरेकी एकता गत डिसेम्बर महिनादेखि इथियोपियास्थित डब्ल्यूएफपीमा सप्लाई चेन अफिसरका रूपमा कार्यरत थिइन् । त्यसअघि गत वर्ष सेप्टेम्बर महिनासम्म उनी नेपालमै कार्यरत थिइन् ।

गत वर्ष पपुआ न्यूगिनीमा भूकम्प गएपछि उनलाई त्यहाँ पठाइयो । पपुआ न्यूगिनीना दुई महिनासम्म काम गरेपछि गत सेप्टेम्बरदेखि उनी इथियोपियामा थिइन् । इथियोपियाको राजधानी आदिस अबाबाबाट नैरोबीका लागि उडेको विमान दुर्घटनामा चालक दलका आठ सदस्यसहित १४९ यात्रुको मृत्यु भएको छ । यो दुर्घटनामा संयुक्त राष्ट्रसंघका मात्रै १९ सदस्यको मृत्यु भएको छ ।

तिमध्ये डब्ल्यूएफपीका सात जना कर्मचारी थिए । उनीहरु अधिकांश नैरोबीमा आयोजित एक कार्यक्रममा जाँदै थिए । गोरखाको छोप्राक स्थायी घर भएकी अधिकारीका बुबाआमा अमेरिकामा छन् । दाजु भाइ काठमाडौंमा छन् । उनले विद्यालय शिक्षा पनि काठमाडौंमै लिएकी हुन् ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top