×

NEPAL TIMES UPDATES

Playing
प्रधानमन्त्रीसँग मुख्यमन्त्रीले गरे गाँ जा खोल्ने प्रस्ताव || Nepal Times
Apr 16, 2026
Playing
दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश, विदेश जान अनुमति चाहिने || Nepal Times
Apr 16, 2026
Playing
उर्जाका सबै समस्या समाधान गर्न विराजभक्तले कम्मर कसे,रोजगारी र लगानी सुनिश्चित || Nepal Times
Apr 16, 2026
Playing
के पूरक बयानका लागि ओली र लेखकलाई फेरि बोलाइन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-03-2083 || Nepal Times
Apr 16, 2026
Playing
सम्पत्ति छानबिन आयोगको रडारमा जिवितदेखि दिवंगतसम्म,पूर्वराजाको के हुन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
“जो जान्दछन् तिनीहरू बोल्दैनन्, जो बोल्दछन् तिनीहरू जान्दैनन्“ || Nepal Times
Apr 16, 2026
Playing
हिजोका विद्रोही गगन, आजका ’कठोर’ सभापति || Nepal Times
Apr 16, 2026
Playing
World News: वार्तामा Pakistanको ‘ब्रेक थ्रु’, ४४० किलो युरेनियम बाधक, Ukraineमा भीष*ण आ*क्रम*ण
Apr 16, 2026
Playing
सुधन गुरुङ : सिस्टम बदल्न हिँडेका यात्री ?रास्वपामा किन उठ्यो प्रश्न ? || Nepal Times
Apr 16, 2026

मनमोहनमा स्वर्गीय भरतमोहनको योगदानबारे सम्झना

३० फाल्गुन २०७५

किशोर विश्वकर्मा
विराटनगर, फागुन ३०
मनमोहन स्मृति प्रतिष्ठान र मनमोहन स्मृति पोलिटेक्नीक इन्स्टीच्यूटका अध्यक्षसमेत रहेका दिवंगत कम्युनिष्ट नेता भरतमोहन अधिकारीलाई मोरङको बुढीगंगा गाउँपालिका स्थित मनमोहन स्मृति पोलिटेक्नि इन्स्टीच्यूटमा सम्झना गरिएको छ ।

Advertisement
Advertisement

तेह्रौँ दिनको पुण्य तिथिका अबसरमा बुढीगंगा गाउँपालिका स्थित मनमोहन स्मृति पोलिटेक्निक इन्स्टीच्यूटमा स्वर्गीय अधिकारीको सम्मानमा श्रद्धाञ्जली अर्पण गरिएको हो । श्रद्धाञ्जली कार्यक्रममा पूर्व मन्त्री तथा नेपाल कम्यूनिष्ट पार्टी(नेकपा) प्रदेश नं. १ का ईन्चार्ज भीम आचार्यले नेपालको पहिलो कम्युनिष्ट सरकारको अर्थमन्त्री हुँदा अधिकारीले ल्याएको जनमुखी कार्यक्रमको चर्चा गरे ।

उनले देशका लागि दिवंगत नेता अधिकारीले ल्याएका कार्यक्रम महत्वपूर्ण र दूरगामी रहेको बताए । नेता आचार्यले अधिकारीले ल्याएको ज्येष्ठ नागरिक सम्मान कार्यक्रम, आफ्नो गाउँ आफैं बनाउ जस्ता ९ ‘स’ कार्यक्रम अहिले पनि उत्तिकै लोकप्रिय रहेको बताए ।

उनले सिमान्तकृत तथा आदिवासी जनजातिको बसोबास रहेको क्षेत्रमा प्राविधिक शिक्षालय मार्फत बेरोजगारी समस्या न्यूनिकरण गर्ने अधिकारीको सोच र पहलकदमीका कारण मनमोहन स्मृति पोलिटेक्निक इन्स्टीच्यूटको स्थापना भएको बताए ।

श्रद्धाञ्जली कार्यक्रममा नेपाल कम्यूनिष्ट पार्टी(नेकपा) का केन्द्रीय सदस्य महेश रेग्मीले बामपन्थी पार्टीहरु एक ढिक्का हुन स्वर्गीय अधिकारीले ठुलो योगदान गरेको चर्चा गर्दै देशले अभिभावक गुमाएको आभाष भएको बताए । उनले राजनितिक जिवनमा स्वर्गीय अधिकारी जस्तो निस्कलंक नेता पाउन नसकिने बताउँदै देश र जनताका लागि गरेको योगदान सदैव अविष्मरणीय रहने बताए ।

कार्यक्रममा १ नं. प्रदेशसभाका सदस्य कुलश लिम्बूले पूर्व एमाले र पूर्व माओवादीलाई एक ठाउँमा ल्याउन पनि स्वर्गीय नेता अधिकारीले महत्वपूर्ण भुमिका खेलेको बताए । उनले संविधान निर्माणमा समेत विभिन्न समितिहरका रहेर अधिकारीले महत्वपूर्ण अभिभावकको भुमिका निर्बाह गरेको बताए ।

सो अबसरमा मनमोहन स्मृति पोलिटेक्निक इन्स्टीच्यूटका प्राचार्य डा शुभाषश्री पोखरेलले सो कलेजले आफ्नो अभिभावक गुमाएको बताए । उनलेसो कलेजलाई प्राविधिक विश्व विद्यालय बनेको हेर्ने अधिकारीको इच्छा र चाहना भएकाले अब त्यो चाँडै पूरा हुने चरणमा रहेको बताए । उनले स्वर्गीय अधिकारीले देशको शिक्षा, स्वास्थ्य, खेलकुद लगायत सवै क्षेत्रमा गरेको योगदान र जिवनीमा आधारीत पूस्तक निकट भविष्यमानै प्रकाशनमा ल्याउने बताए ।

मनमोहन स्मृति प्रतिष्ठानका सदस्य तथा पोलिटेक्निक इन्स्टीच्यूटका सुचना प्रमुख सत्यनारायण चौधरीले अधिकारीकै अगुवाइ र पहल कदमीका कारण कलेज स्थापना हुन सकेको बताए । उनले अधिकारीले सो कलेजका विषयमा विशेष चासो राख्दै आएको र प्राविधिक विश्वविद्यालय रुपमा विकास गर्न पहल गरेको समेत बताए ।

कार्यक्रममा प्रदेशसभाका सदस्य यसोदा अधिकारी, स्थानीय युवा नेता ईश्वरी आचार्य, स्थानीय अगुवा कृष्ण केसी, उद्योग संगठन मोरङका सदस्य सुबोध कोइराला लगायतले पनि स्वर्गीय अधिकारीको योगदानका विषयमा चर्चा गरेका थिए ।

श्रद्धान्जलीसभामा प्रदेशसभाका सदस्यहरु सावित्रा रेग्मी, यसोदा अधिकारी लिलाबल्लभ अधिकारी, विभिन्न राजनितिक दलका नेताहरु स्थानीय समाजसेवी बुद्धिजिवी शिक्षक, अभिभावक स्वर्गीय अधिकारीको फाटोमा माल्यार्षण गरेका थिए ।

Advertisement

भर्खरको समाचार

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

सम्बन्धित खबरहरु

Scroll to Top