×

NEPAL TIMES UPDATES

Playing
अब मालपोतको काम पालिका र वडाबाट || Nepal Times
May 05, 2026
Playing
विश्वभर सकिँदै गए कम्युनिष्टहरू, जनताले किन पत्याउन छाडे ?|| Nepal Times
May 05, 2026
Playing
समुद्रमा फसेका ५ भारतीयलाई पाकिस्तानले गर्याे उद्धार|| Nepal Times
May 05, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-22-2083 || Nepal Times
May 05, 2026
Playing
विजयको विजय देखेर तीनछक्क, औँठी र ग्यास सिलिन्डरले कसरी बदल्यो नतिजा? || Nepal Times
May 05, 2026
Playing
किराँतीले नपत्याएका हर्कसंग अब कुलमानले पार्टी एकता गर्ने || Nepal Times
May 05, 2026
Playing
रुसमा न्यूक्लियर लिकः अब Putinले नछाड्ने,जापोरिजि‍यामा के भयो ? || Nepal Times
May 05, 2026
Playing
सुकुम्बासीहरूको टहरो धुलो बन्यो, न्यायको ढोका उघिँर्दा ढिलो भइसक्यो|| Nepal Times
May 05, 2026
Playing
कुक र टाइपिस्टको बहानामा बन्धकः क्याम्बोडियामा नेपाली नै किन फस्छन् ?|| Nepal Times
May 05, 2026
Playing
विश्वकप लिग २ः नेपालले ओमानसँग लियो बदला,८१ रनले हरायो || Nepal Times
May 05, 2026

विप्लवको बन्दमा प्रदेश १ मा लामो दुरीका गाडी चलेनन्

३० फाल्गुन २०७५

३० फागुन, विराटनगर
नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको बन्दको प्रभाव प्रदेश १ मा आंशिक रुपमा परेको छ । कार्यकर्ता पक्राउको विरोधमा विप्लव समूहले आह्वान गरेका बन्दका कारण प्रदेश १ का १४ जिम्लामा आंशिक प्रभाव परेको प्रदेश प्रहरी कार्यालय विराटनगर र क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । बन्दका कारण प्रदेश अस्थायी राजधानी विराटनगर र आसपासका क्षेत्रको यातायात सेवा प्रभावित भएका छन् भने शिक्षण संस्थाहरु बन्द छन् । विराटनगरबाट छुट्ने लामो तथा छोटो दुरीका बसहरु पूर्णरुपमा सञ्चालनमा आउन सकेको छैन । बिहान पश्चिमतर्फ जाने २–४ वटा बस सञ्चालन भएपनि पहाडी जिल्ला तथा काकडभिट्टा जाने बसहरु सञ्चालनमा नआएको पूर्व नेपाल यातायात ब्यवसायी कम्पनीका शाखा इन्चार्ज किशोर धमलाले जानकारी दिए । बन्दका कारण सार्वजनिक सवारीका साधन सञ्चालनमा नआउँदा यात्रुहरुलाई सास्ती भएको छ । बिहानै बसपार्क सहित बिभिन्न बस बिसौनीहरुमा पुगेका यात्रुहरु कोही हिडेरै गन्तब्य तर्फ लागेका छन् भने कतिपय घर फर्किएका छन् । विराटनगर क्षेत्रका सडकहरुमा मोटरसाइकल तथा साना सवारीसाधनहरु भने सञ्चालनमा आएका छन । इटहरी भएर पूर्वी पहाड जिल्लाहरु धनकुटा ,तेह्थुम , भोजपुर लगायतका जिल्लाहरु चल्ने सार्वजनिक सवारी साधन नचल्दा सर्वसाधारणहरुले सास्ती बेहोर्नु परिरहेको छ । यस्तै सुनसरी सदरमुकाम इनरुवा तथा दक्षिण क्षेत्रमा भने बन्दको प्रभाव सामान्य परेको देखिएको छ । सुनसरीमा सामुदायिक विद्यालयहरुमा स्रोत केन्द्र स्तरीय परिक्षा चलीरहेकाले परिक्षा सञ्चालन भए पनि संस्थागत विद्यालयहरु भने वन्द रहेका छन । बन्दका क्रममा संभावित दुर्घटना हुन नदिन बसपार्क सहित मुख्यमुख्य सडकहरुमा बाक्लोरुपमा प्रहरी परिचालन गरिएको छ ।

Advertisement
Advertisement

उदयपुरमा सुतली बम
उदयपुरको कटारी नगरपालिकामा दुईवटा सुतली बम भेटिएको छ । बिहीबार विहान कटहरी गाउँपालिका– २ देवीधापस्थित शिवम मल्टिपर्स प्रालिको गेट अगाडिको रुखको फेदमा दुईवटा सुतली बम भेटिएको हो । शिवम मल्टिपर्स प्रालिले मारुती सिमेन्ट उद्योगका लागि चुनढुंगा आपूर्ति गर्दै आएको छ । बिहान करिब ६ बजे भेटिएको सुतली बम डिस्पोज गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरीक्षक चन्द्रदेव राईले जानकारी दिए । उदयपुर बेलसोतस्थित नेपाली सेनाको कालिसिद्धि इन्जिनियरिङ गणको टोलीले बम डिस्पोज गरेको थियो ।

Advertisement
Advertisement

बन्दले तेहथुम प्रभावित
नेकपा माओवादी बिप्लवले गरेको वन्दका कारण तेह्रथुमको जनजिवन प्रभावित भएको छ । वन्दका कारण तेह्रथुमबाट धरान तर्फ आउने लामो दुरीका कुनै पनि सवारी साधन चलेका छैनन् । सवारी साधन नचल्दा यात्रुहरु वसपार्कमा नै अलपत्र परेका छन् । जिल्लामा रहेका म्याङलुङ, जिरिखिम्ती, वसन्तपुर, मोराहाङ, सक्रान्ति बजार आम्शिक रुपमा बन्द रहेका छन् । जिल्लामा सुरक्षा सर्तकता वढाईएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका डिएसपी टेक बहादुर कार्कीले बताए ।

भर्खरको समाचार

सुकुम्बासीहरूको टहरो धुलो बन्यो, न्यायको ढोका उघिँर्दा ढिलो भइसक्यो

682708147_966401619313189_6197832107574502867_n

विश्वकप लिग २ः नेपालले ओमानसँग लियो बदला,८१ रनले हरायो

689481806_1441361924686850_3272500033407114037_n

सहकारीका बचतकर्ताको रकम जेठदेखि फिर्ता, ४६ अर्ब फिर्ता गर्नुपर्ने

nepali paisa

बहुप्रतिक्षित नागढुंगा सुरुङमार्ग चीनले चलाउने,साउनदेखि गाडी गुड्ने

Nagdhunga Tunnel_NPL_DSC03473

गौशाला धर्मशालामा मारवाडीको मोहियानी हक नलाग्ने उच्चको फैसला

hotel ananda pashupatinath

थलापति’ विजयः फिल्म छोडेर सिधै मुख्यमन्त्री

bijay thalapati

राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश

Nepali Congress President candidate Ram Chandra Paudel waves while casting vote in the election during the party's 13th national general convention in Kathmandu on Sunday, March 6, 2016. Photo: RSS

इरानका ७ जहाज अमेरिकाले डुबायो,विश्वको नक्साबाटै मेटाइदिने ट्रम्पको चेतावनी

Screenshot 2026-05-05 123807

शेखर गोल्छा फेरि किन पक्राउ परे ?धरौटी बुझाए लगत्तै नियन्त्रणमा

Shekhar-Golchha-Final

विद्यार्थी र कर्मचारीतन्त्रको पार्टीकरणले देशको प्रणाली नै ध्वस्त पारेःबालेन

666707698_875077882223921_4422618132601218086_n

सम्बन्धित खबरहरु

Scroll to Top