मन्त्री पण्डितद्धारा कटहरीमा दलित सामुदायीक भवन शिलान्यास

विराटनगर, चैत ३
संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले मारङको कटहरी गाउँपालिका स्थित बाँतर जाती तथा दलित सामुदायीक भवनको शिलन्यास गरेका छन् ।

नेपाल सरकारको तराई मधेश समृद्धि कार्यक्रम अन्तर्गत संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको करिब ८० लाख रुपैयाको लागतमा कटहरी–५ स्थित भौँडाहमा निर्माण हुने नेपाल बाँतर सरदार समाज कल्याणकारिणी केन्द्रीय कार्यालयको भवन तथा दलित सामुदायीक भवनको उद्घाटन गरेका हुन् ।

Advertisement

सो अबसरमा बोल्दै मन्त्री पण्डितले सरकारले तराई मधेशका आदिवासी, जनजाती, मधेशी र सिमान्तकृत समुदायको चौतर्फि विकासका लागि तराई मधेश समृद्धि कार्यक्रम लागु गरेको बताए । सो कार्यक्रम आफ्नो मन्त्रालय मार्फत सञ्चालन भइरहेको जानकारी दिँदै उनले भूमीहिन र विपन्न बर्गका समुदायको जीवनस्तर उकास्न र तराई मधेशको समृद्धिका लागि सरकार लागि परेको बताए ।

भ्रष्टाचार विरोधी मन्त्रीका रुपमासमेत पहिचान बनाएका मन्त्री पण्डितले तराई मधेश समृद्धि कार्यक्रम मार्फत सरकारले पहिलो पल्ट कटहरीमा दलित समुदायको संस्कृति संरक्षणका लागि सामुदायीक भवन बनाउन मन्त्रालय मार्फत बजेट उपलब्ध गराएको जानकारी दिए ।

Advertisement

उनलेसो काम इमान्दारीताका साथ सम्पन्न गरे आगामी बर्ष थप बजेट उपलब्ध गराउने प्रतिवद्धता जनाए । मन्त्री पण्डितले तराई मधेश सम्मृद्धि कार्यक्रम देशका २२ जिल्लामा सञ्चालन भइरहेको जानकारी दिँदै सो कार्यक्रम मार्फत सडक, विद्यालय, स्वास्थ्यचौकी, पुल कल्भर्ट, समुम्बासी सामुहिक आवास, विभिन्न जातजातीको संस्कृति संरक्षणका लागि सामुदायीक भवनलगायतका संरचनाहरु निर्माण हुने बताए ।

उनले सो कार्यक्रम मार्फत विभिन्न जात जातीको संस्कृति संरक्षणका लागि देशभरी १ सय सामुदायीक भवनहरु निर्माणका क्रममा रहेको जानकारी दिए । मन्त्री पण्डितले तराई मधेश समृद्धि कार्यधmम मार्फत तराइका भुमिहिन, गरिब तथा सुकुम्बासी परिवारलाई घर बनाइदिने सरकारको योजन रहेको बताए ।

कार्यक्रममा कटहरी गाउँपालिकाका अध्यक्ष रामकुमार कामतले कटहरीमा मात्र तराई मधेश समृद्धि कार्यक्रम मार्फत बाँतर, मण्डल, राजवंशी लगायतका समुदायका लागि सरकारले थुप्रै बजेट उपलब्ध गराएकोमा धन्यवाद ज्ञापन गर्दै आगामी वर्षमा अन्य जात जातीका लागि पनि बजेट उपलब्ध गराई दिन आग्रह गरे । उनले तराई मधेश समृद्धि कार्यक्रम मार्फत वर्षेनी सो गाउँपालिकाका लागि बजेट विनियोजन गर्न सरकारलाई आग्रह गरे ।

कार्यक्रममा नेपाल बाँतर सरदार समाज कल्याणकारिणीसभाका केन्द्रीय अध्यक्ष मोहनलाल सरकारले इतिहाँसमा कुनैपनि सरकारले तराइका अल्पसंख्यक दलित बाँतर समुदायका लागि केही नगरेको बताउँदै पहिलो पल्ट सरकारले आफ्नो समुदायलाई पनि सरकारले प्रथामिकतामा राखेको भन्दै शुशि व्यक्त गरे ।

कार्यक्रममा १ नं. प्रदेशका सामाजिक विकास मन्त्री जिवन घिमिरे, प्रतिनिधिसभा सदस्य अमनलाल मोदी, प्रदेशसभा सदस्य सावित्रा रेग्मी, बैजु विस्वास,नेपाल पूर्व सांसद कविता सरकदार कम्यूनिष्ट पार्टी(नेकपा) केन्द्रीय सदस्य विनोद ढकाल, महेश रेग्मी, मोरङ अध्यक्ष ऋषिकेश पोखरेल, प्रदेश कमिटी सदस्य सत्यनारायण चौधरी, मृत्यूञ्जय झा, युवा संघ केन्द्रीय उपाध्यक्ष पर्शुराम बस्नेत,केन्द्रीय सदस्य मुकेश बुढाथोकी लगायतको सहभागीता रहेको नेकपा मोरङका सदस्य सुभाषकुमार सरदारले जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

आश्चर्यमय पुनरागमन जितका साथ बेल्जियम अन्तिम १६ मा

79556cb8-5d49-4c40-862a-abeb585f1087

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

नेपालको बिजुली बिक्री मोदी रिसाएपछि रोकिएको हो ?

ovhrqjf_pm-modi_625x300_21_April_25

‘आधुनिक भाइकिङ’ एर्लिङ हालान्ड इङल्याण्डबाट किन खेल्दैनन् ?

halad

युरेनियम उत्खनन् गर्न अमेरिकासँग सम्झौता भएको हो ?शिशिरले दिए जवाफ

sishir khanal

इन्धनमा कृत्रिम अभाव सिर्जना गरी नाफा कमाउनेहरुको खेल

nepal-oil-nigam

नायिक उषा रजकलाई दुव्र्यवहार गर्ने पात्र को हुन् ?

usha

सम्बन्धित समाचार

Scroll to Top