×

NEPAL TIMES UPDATES

Playing
पश्चिम एसियामा दिगो शान्ति कि भीषण यु द्ध ?४८ घण्टा निर्णायक || Nepal Times
Apr 15, 2026
Playing
रुस–चीनसंग नजिक रहेको उत्तर कोरिया किन इरानसँग दूरी बढाउँदैछ ? || Nepal Times
Apr 15, 2026
Playing
दीपक भट्टसँग १० विलासी गाडी, शुद्धीकरण विभागले गर्याे जफत|| Nepal Times
Apr 15, 2026
Playing
सदावहार प्रतिपक्षी’ प्रेम सुवालको बिदाइ र हर्क साम्पाङको इन्ट्री || Nepal Times
Apr 15, 2026
Playing
बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य || Nepal Times
Apr 15, 2026
Playing
Top 15 Afternoon News || April-15-2026 || Nepal Times
Apr 15, 2026
Playing
गृहमन्त्रीले निर्देशनपछि कार्यक्षमताका आधारमा डिआइजीको बढुवा || Nepal Times
Apr 15, 2026
Playing
Israel–Lebanon बीच वासिंगटनमा वार्ता, रोकिएला यु द्ध ? || Nepal Times
Apr 15, 2026
Playing
होर्मुजमा १०,००० बढी अमेरिकी से*ना तैनाथ, सी ले दिए ४ बँुदे शान्ति प्रस्ताव|| Nepal Times
Apr 15, 2026
Playing
दीपक खड्काको फाइल अब अख्तियारमा || Nepal Times
Apr 15, 2026

साहसिक पर्यटनको नयाँ गन्तव्य ‘धुलिखेल’, चरा झै उडेर डाँडा वारिपारि

३ चैत्र २०७५

काठमाडौं ,चैत ३

राम्रा लज/रिसोर्ट, हरियो पर्यवरण, स्वच्छ हावा र लोकप्रिय पिकनिक गन्तव्यका रुपमा धुलिखेलको पहिचान स्थापित छ । उच्च हिम श्रृंखलाहरुको दृश्यावलोकन पनि धुलिखेलले उपलब्ध गराएको अर्काे उपहार हो ।

Advertisement
Advertisement

अब त्यहि धुलिखेलमा थपिएको छ पर्यटकका लागि अर्काे नयाँ प्रडक्ट ‘जिप फ्लाईङ’ । पछिल्लो समय साहसिक पर्यटनको आकर्षण बढिरहेको छ । बञ्जी, क्यानोनिङ, र्याफ्टिङ, प्याराग्लाईडिङ जस्ता साहसिक पर्यटनका प्रडक्टहरु लोकप्रिय छन् । तर यी अधिकांश प्रडक्टहरु उपत्यका नजिकै उपलब्ध छैनन् । तर अब यी सबैलाई टक्कर दिन सक्ने नयाँ प्रडक्ट धुलिखेलमा भित्रिएको छ ‘जीप फ्लाईङ’ ।

मोटो लठ्ठामा करिब २ मिनेट झुण्डिएर एउटा डाँडोबाट अर्काे डाँडामा पुगिन्छ । करिब ११ सय मिटरको दुरी पार गर्दा धुलिखेल नगरपालिका छिचोलेर पाँचखाल पुग्न सकिन्छ ।

राजधानीकाट ३३ किलोमिटरको दुरी पार परेपछि पुगिन्छ धुलिखेल जिप फ्लाईङमा । साहसिक पर्यटनका पारखीहरुले अब धुलिखेलको थाक्लेडाँडादेखि शुरु हुने जिप लाइन पाँचखालको खावामा पुगेर अन्त हुन्छ ।

कम्मरमा विशेष प्रकारको डोरीसहितको फुलबडी आर्नेसमा बसी पर्यटकले चराको पखेटा झैँ हात फैलाएर ‘सुपरम्यान फ्लाइङ’ गर्न सक्छन् । हावामा उडिरहँदा काभ्रेका हरिया फाँट, हरियो वन र उच्च हिमश्रृंखलाको छुट्टै आनन्द लिन पाइन्छ । फलामको लठ्ठा (डोरी) मा जोडिएको घिर्नीमा विशेष प्रकारको फितामा झुण्डिएर माथिबाट तल झर्न पाइन्छ ।

‘साहसिक पर्यटनका लागि उपत्यका नजिकै नयाँ प्रडक्ट ल्याएका छौं, पर्यटन वर्ष सन २०२० लाई मध्य नजर गरेर सञ्चालनमा ल्याएका हौं’, सञ्चालक केदार बहादुर थापाले भने ।

उक्त परियोजनाको निर्माण कार्य गएको साउनदेखि शुरु गरिएको थियो । यहाँ साना बालबालिकाका लागि छुट्टै जिपलाइन छ । यस्तै चिल्ड्रेन एड्भेञ्चर क्याम्पसहित, रिसोर्ट निर्माणाधीन छ ।

यस्ता छन् विशेषता
११ सय मिटर लामो जिप लाइन समुद्र सतहदेखि एक हजार ३०० मिटर उचाइबाट शुरु भएर एक हजार २०० मिटरको सतहमा अन्तिम केन्द्र छ । फ्लाइङको गति प्रतिघण्टा ६० देखि अधिकतम ९५ किलोमिटरको हुन्छ । २५ सय रुपैंयाँ तिरेर जिप फ्लाङ गर्न सकिन्छ भने ३५ सय रुपैंयाँ तिरेर सुपर म्यान गर्न सकिन्छ । सिंगल लाइन मात्रै भएपछि दैनिक ६० जनासम्मले सेवा लिनसक्ने सञ्चालक भुपेश श्रेष्ठले बताए ।युरोपियन र अमेरिकी राष्ट्रिय सुरक्षा मापदण्डमा आधारित जिफलाइनमा दुई जना भारतीय प्राविधिक कार्यरत छन् ।

कति भयो लगानी ?
वल्ड वाइड एड्भेन्चर प्रालिले लगानी गरेको जिप लाइनमा हालसम्म ४ करोड खर्च भैसकेको छ । अर्काे एउटा लाइन थप्दा ७ करोड लगानी पुग्ने उनीहरुको भनाई छ । औचारिक सेवा आरम्भ नगर्दै स्वदेशी र विदेशी पर्यटकहरुको समेत आकर्षण खिच्न सफल भएको सञ्चालक बताउँछन् । यसबीचमा चीन, कोरिया, हङकङ, अमेरिका र स्वीट्जरल्याण्डका पर्यटकले यो खेलको मजा लिइसकेका छन् ।

कसले पाउँछन खेल्न ?
तेह्र वर्षदेखि ७० वर्ष बीचको उमेर समूहका जो कोहीले जिपलाइन खेल्न सक्छन् । दीर्घ रोगीका लागि भने यो प्रतिबन्धित छ । कम्पनीले १३ वर्ष कम उमेरका अण्डर टिन समूहलाई खावास्थित तल्लो स्टेशनमा जिप लाइनको व्यवस्था गरेको छ ।

कसरी बन्यो पूर्वाधार ?
कम्पनीले १५ वर्षका लागि २० रोपनी जमिन लिजमा लिएर पूर्वाधार निर्माण गरेको हो ।

Advertisement

शुल्क र सुविधा ?
साधारण जिप फ्लाईङको शुल्क २५ सय रुपैंयाँ तोकिएको छ । सुपर म्यानको ३५ सय रुपैंयाँ र जोडीको ४५ सय रुपैंया शुल्क निर्धारण गरिएको छ । तस्विर भिडियोका लागि भने छुट्टै शुल्क तिर्नुपर्नेछ । धुलिखेलमा सुरु भएको जिप फ्लाङले सो क्षेत्रको पर्यटन विकासमा समेत नयाँ आयाम थपिएको सञ्चालकहरुको दावी छ ।(विकासन्युजबाट)

भर्खरको समाचार

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

सम्बन्धित खबरहरु

Scroll to Top