आईपीएल खेल्न सन्दीप बुधबार दिल्ली जाने,दिल्ली क्यापिटल्सको पहिलो खेल मुम्बई ईन्डियन्ससँग

३ चैत ७५, आइतबार
Share this
671shares

काठमाडौं,चैत ३
नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने २३ मार्च देखी सुरु हुन लागको १२ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्न बुधबार दिल्ली जाने भएका छन् । २३ मार्च देखी भारतका विभिन्न सहरमा हुन लागेको आईपीएलका लागि सन्दीप २० मार्चमा दिल्ली जाने सन्दीपको व्यास्वथापन हेर्दै आएका नेपाली राष्ट्रिय टिमका व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिए ।

Advertisement

सन्दीपको टिम दिल्ली क्यापिटल्सले पहिलो खेल २४ मार्चमा रोहित शर्मा कप्तान रहेको मुम्बई ईन्डियन्ससँग प्रतिस्पर्धा गर्नेछ ।सन्दीपले गत वर्ष भएको आइपीएलमा दिल्लीबाट अन्तिम ३ खेलमा ५ विकेट लिदै सनसनी मच्चाएका थिए ।

पछिल्लो एक वर्षमा अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिगमा उत्कृष्ट प्रर्दशन गर्दै आएका सन्दीप यस पटक भने पहिलो खेलमै पहिलो रोजाइमा पर्ने उच्च संभावना छ । सन्दीपको पारिश्रमीक भने दिल्लीले बढाएको छैन । सन्दीपले २० लाख भारतीय रुपैयाँ नै पाउने छन् ।

Advertisement

ईतिहासमा आईपीएलकै असफल मानिने दिल्ली यस पटक उपाधिको प्रमुख दावेदार पनि मानिएको छ । दिल्ली ३ पटक मात्र प्ले अफ पुग्दा ८ पटक समुह चरणबाटै घर फर्किएको छ । दिल्लीले अहिलेसम्म फाईनलमा पुग्न सकेको छैन । यसपटक उपाधिको प्रमुख दावेदारको रुपमा हेरिएको छ ।

यस्तो छ दिल्लीको पूर्ण टिम ः

Advertisement

श्रेयर ऐर(कप्तान), सन्दीप लामिछाने, ऋषभ पन्त, अमित मिश्रा, शिखर धवन, पुथ्वी शा, आवेश खान, हर्षल पटेल, राहुल टेवाटिया, जयन्त यादव, मनजोत कालरा, कोलिन मुनरो, कागिसो रवाडा, ट्रेन्ट बोल्ट, हनुमा विहारी, अक्षर पटेल, ईशान्त शर्मा, अन्कुश वेन्स, नाथसिंह, कोलिन इन्ग्राम, शेरफेन रदरफोर्ड, किमो पल र जलज सक्सेना ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top