तीन सय रोपनी जग्गा अतिक्रमण मुक्त

२७ पुस ७४, शुक्रबार

काठमाडौँ, पुस २८
वाग्मतीको सहायक मनमत्ता नदी विसं २०२१ को नापी अनुसारको धारमा फर्काइ ३०० रोपनी सार्वजनिक जग्गा अतिक्रमण मुक्त गरिएको छ ।

Advertisement

अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको सहयोग र मनमत्ता नदी उपभोक्ता समितिको सक्रियतामा शंकरापुर नगरपालिकाको वडा नं ७ र ९ को सीमा भएर बग्ने पाँच किमी लामो नदी पुरानो धारमा फर्काइएको हो । नदी किनारमा घर नबनेकाले नदी नापीअनुसारको धारमा फर्काउन सहज भएको समितिले जनाएको छ ।

नदी २०२१ सालको नापीको धारमै फर्काएसँगै नदी दायाँबायाँ तटबन्ध पूर्वाधार निर्माणसँगै सफाइ अभियानको पनि अधिकार सम्पन्न वाग्मती समितिका अध्यक्ष नरेन्द्रराज बस्नेतले शुरुवात गरे ।

Advertisement

कार्यक्रममा सुन्दरीजल–गोकर्णेश्वरको वाग्मतीखण्डलाई विसं २०२१ को नापीअनुसारको धारमा फर्काउने अभियानका संयोजक केशवप्रसाद पुडासैनी, नगरपालिकाको वडा नं ७ का अध्यक्ष बाबुकाजी श्रेष्ठ, वडा नं ९ का अध्यक्ष घनश्याम थापा, मनमत्ता नदी उपभोक्ता समिति अध्यक्ष मधु केसीलगायतले उपत्यकाको सभ्यता संरक्षणका लागि यहाँका नदी सुरक्षित हुनुपर्नेमा जोड दिए ।
रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top