बर्डफ्लुको बढ्दाे संक्रमण, काठमाडौंसहित तीन जिल्लामा सवा लाख कुखुरा मारियो

काठमाडौं : मुलुकका तीन जिल्लामा पालेका कुखुरामा बर्डफ्लुको संक्रमण देखिएको छ।मकवानपुर, काठमाडौंर पोखरामा बर्डफ्लुको संक्रमणले धमाधम कुखुरा मरेका छन्।

Advertisement

कुखुरा मर्न थालेपछि शंका लागेर परीक्षण गर्दा बर्डफ्लु भाईरस एच फाइभ एच वान संक्रमण भएको पुष्टि भएको पशु सेवा विभागले जनाएको छ।

बर्डफ्लुको संक्रमण फैलिएपछि किसानलाई करोडौंको क्षति पुगेको छ। तीन जिल्लामा संक्रमण देखिए पनि सरकारले मकवानपुर र काठमाडौंमा मात्र करिब सवा लाख कुखुरा नष्ट गरेको पशु सेवा विभागले जनाएको छ। दुई जिल्लामा गरेर १ लाख २३ हजार १ सय ३४ कुखुरा नष्ट गरिएको विभागले जनाएको छ। ,यो समाचार आजको नागरिक दैनिकमा छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top