गाउँले र लम्साललाई सूचनाको अधिकार पुरस्कार

विराटनगर, चैत ८
नेपाल पत्रकार महासंघ मोरङ शाखाले महासंघ स्थापना दिवसमा अवसरमा प्रदान गर्दै आएको षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार यस वर्ष नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष तथा खोज पत्रकारिता केन्द्रका सम्पादक शिव गाउँलेलाई प्रदान गर्ने भएको छ । पुरस्कारको राशि ५१ हजार रुपैयाँ छ ।

त्यस्तै, शाखाले यस वर्षको षष्टिका बस्नेत सूचनाको अधिकार प्रोत्साहन पुरस्कार नयाँ पत्रिकाका १ नम्बर प्रदेश सम्वाददाता तथा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य गणेश लम्साललाई प्रदान गर्ने भएको छ । पुरस्कारको राशि ११ हजार रुपैयाँको छ । दुबै पुरस्कार चैत १६ गते पत्रकार महासंघको ६४ औं स्थापना दिवसका अवसरमा प्रदान गरिने छ ।

षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार वि.सं. २०७३ सालमा स्थापना भएको हो । सूचनाको अधिकार क्षेत्रमा क्रियाशील अभियन्ता, विराटनगर–११ निवासी केदारबहादुर बस्नेतले आफ्नी दिवगंत धर्मपत्नीको स्मृतिमा स्थापना गरेका हुन् । उनले पुरस्कारका लागि नेपाल पत्रकार महासंघ मोरङ शाखाअन्तर्गत सात लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् ।

Advertisement

यो पुरस्कार देशको कुनै पनि भू–भाग वा जिम्मेवारी रहेर नागरिक र सूचनाको हक प्राप्तिका लागि जागरण अभियानको नेतृत्व गर्ने, सञ्चार माध्यमबाट प्रचारप्रसार गर्ने र नीति निर्माण तहमा रहेर महत्वपूर्ण भूमिका निर्वाह गर्ने व्यक्ति वा संस्थालाई प्रदान गरिदै आएको छ ।

शाखाले यसअघि विनय कसजू र तारानाथ दाहाललाई पुरस्कार प्रदान गरेको छ । त्यस्तै गतवर्ष स्थापना गरिएको षष्टिका बस्नेत सूचनाको अधिकार प्रोत्साहन पुरस्कार सूचना अभियन्ता राजु श्रेष्ठलाई प्रदान गरिएको थियो । १ नम्बर प्रदेशमा रहेर सूचनाको अधिकार क्षेत्रमा काम गरिरहेका अभियन्ता वा पत्रकारलाई प्रदान गर्नेगरी यो पुरस्कार विं.सं.२०७४ देखि प्रदान गर्न थालिएको हो ।

Advertisement

यस वर्षको पुरस्कृत प्रतिभाहरू छनौट गर्नका लागि नेपाल पत्रकार महासंघ मोरङ शाखाले अध्यक्ष बन्धु पोखरेल–संयोजक, अग्रज पत्रकार यज्ञ शर्मा र सूचना अभियन्ता निर्मल तामाङ सदस्य रहेको समिति निर्माण गरेको थियो । सोही समितिको सिफारिशका आधारमा शाखाले पुरस्कृत व्यक्तिको नाम घोषणा गरेको हो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top