×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026

नेपाल वायु सेवा निगमले जुलाइदेखि जापानको ओसाका उडान भर्ने

१२ चैत्र २०७५

काठमाडौँ,चैत ११

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले तीन महीनाभित्र जापानको ओसाकामा उडान भर्ने भएको छ । जापान उडानका लागि सबै प्रक्रिया पूरा गरिसकेको निगमले जापान सिभिल एभिएसन ब्यूरो (जेक्याब) लाई दुई दिनभित्र आवश्यक कागजात बुझाउने जनाएको छ ।

Advertisement
Advertisement

कागजी प्रक्रियाका साथै आन्तरिक तयारी सकेपछि आउँदो जुलाई महिनादेखि ओसाका उडान औपचारिक रुपमा शुरु गरिने निगमका सहायक प्रवक्ता नवराज कोइरालाले जानकारी दिए । जापान एभिएसनबाट उडान अनुमति पाएपछि उडान तयारीका लागि ४५ दिन लाग्ने छ भने अनुमति आएपछि पनि थप ३० देखि ४५ दिन निगमलाई आन्तरिक तथा बजार व्यवस्थापनमा समय लाग्नेछ ।

‘ओसाका उडानका लागि निगमले सबै कागजी प्रक्रिया पूरा गरेको छ, आज या भोलि बुधबारसम्म जापान सिभिल एभिएसनलाई कागजात बुझाउँछौँ, उसको प्रक्रियाअनुसार करीब ४५ दिनमा अनुमति जारी भएपछि निगमलाई सबै तयारी गर्न करीब ४५ दिन समय लाग्छ’, उनले भने ।

सहायक प्रवक्ता कोइरालाका अनुसार उडान अनुमति पछएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट–ओसाका कान्साइ अन्तर्राष्ट्रिय विमानस्थलमा साताको तीन दिन सोमबार, शुक्रबार र बुधबार उडान गरिने योजना छ । निगमले गत माघ १९ गते जापान उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) बाट विमान सञ्चालनको अनुमति प्रमाणपत्र (एओसी) पाएको थियो । निगमले यसअघि फागुन १५ भित्र जापान र चैतभित्र चीन उडान गर्ने योजना बनाए पनि ‘ग्राउण्डह्याण्डलिङ’लगायत समस्याका कारण उडान ढिलो भएको जनाएको हो ।

ओसाकासँगै जापानकै नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा पनि उडान भर्नका लागि प्रक्रिया अघि बढाइसकिएको छ । नारिता उडानका लागि करीब दुई साताअघि पत्राचार गरेको निगमले नारिता विमानस्थलका उच्च अधिकारीसँग द्विपक्षीय वार्तासमेत गरेको छ । निगमको आग्रहबमोजिम नारिता विमानस्थलको उच्चस्तरीय टोलीले हजो सोमबार निगमका पदाधिकारीसँग वार्ता गरेको र निगमलाई सहयोग गर्ने प्रतिबद्धता जनाएको सहायक प्रवक्ता कोइरालाले बताए ।

‘नारिता उडानका लागि हामीले कागजी प्रक्रियासँगै उच्चस्तरीय वार्ता पनि गरेका छौँ, यसमा पनि छिट्टै प्रगति हुने देखिएको छ’, उनले भने । निगमले नारिता उडानका लागि सातामा तीन दिनको ‘स्लट’ पाए पनि दुई वटा मात्रै उडान गर्नेछ । यात्रुको चापअनुसार उडान वृद्धि गरिने निगमले जनाएको छ ।

गत पुस २५ गते जापानका परराष्ट्रमन्त्री तारो कोनो नेपाल आउनुहुँदा हप्तामा १४ उडान भर्ने गरी काठमाडौँ–नारिता हवाई सेवा सम्झौता भएपछि निगमले त्यसका लागि जेक्याबलाई पत्राचार गरेको थियो ।

एक दशक अघि निगमको काठमाडौँ–जापान सीधा उडान बन्द भएको थियो । निगमले काठमाडौँ–ओशाकाका लागि वाइड बढी ए–३३० जहाजमार्फत् उडान गर्नेछ । काठमाडौँ–जापान उडानको समयावधि ६ घण्टाकोे छ भने ओसाका–काठमाडौँ साढे सात घण्टाको उडान हुनेछ ।

निगमले चीनको गोन्जावो उडानका लागि पनि कागजी प्रक्रिया शुरु गरेको छ । सातामा तीन उडान गर्ने योजना छ । ग्राउण्ड ह्याण्डलिङका लागि केही समय लाग्नेछ । निगमले पठाएको कागजात समीक्षा ‘डकुमेण्ट रिभ्यु’ को चरणमा रहेको बताइएको छ ।

त्यसैगरी साउदी अबरमा उडान भर्नका लागि निगमले ‘जनरल सेल्स एजेन्ट (जिएसए)’ छनोट प्रक्रिया अघि बढाएको छ । निगमको दक्षिण कोरियामा पनि उडान भर्ने योजना रहेपछि साउदी र कोरिया उडानका लागि केहीसमय लाग्ने बताइएको छ ।

वाइड बडी जहाजबाट लामो गन्तव्य उडाउने योजनाका साथ निगमले विमानचालक (पाइलट) को थप व्यवस्था गर्दैछ । वाइडबडी जहाज पूर्ण क्षमताका साथ उडाउन १८ चालक र सोही सङ्ख्याका सहचालक चाहिन्छ ।

दुवै जहाजका लागि ३६ पाइलट आवश्यक पर्ने निगमले जनाएको छ । निगमले १६ चालक (पाइलट) का लागि हालै गरेको विज्ञापनमा २८ जनाले निवेदन दिएका छन् । निवेदन दिएकामध्ये एक मात्र नेपाली चालक छन् । विदेशी चालक खर्चिलो भए पनि नेपाली चालक अभावले विदेशीको विकल्प नभएको निगमले जनाएको छ ।

Advertisement

निगमले अहिले भारतको नयाँदिल्ली, बैङ्लोर, मुम्बई, मलेसिया, सिङ्गापुर, बैंकक र कतारमा उडान भर्दै आएको छ । निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि हाल दुई वाइड बडी ए–३३० जहाज, दुई न्यारो बडी ए–३२० जहाज र एक बोइङ ७५७ जहाज छ ।–सिवी अधिकारी/रासस

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top