अक्षयको ‘केसरी’ ले पाँच दिनमा बनायो चार ठूला रेकर्ड

१२ चैत ७५, मंगलबार
Share this
684shares

एजेन्सी, चैत १२
बलिउड सुपरस्टार अक्षय कुमारको नयाँ फिल्म ‘केसरी’ ले दर्शकमाझ छाप छोड्न सफल भएको छ । होलीको छेकोमा रिलिज भएको फिल्मले प्रदर्शनको पाँच दिनमा चार ठूलो रेकर्ड आफ्नो नाम गरेको छ । फिल्मले पाँच दिनमा घरेलु बजारमा कुल ८६ करोड ३२ लाख भारु छापेको छ ।

Advertisement

फिल्मले पहिलो दिन २१ करोड ६ लाख, दोस्रो दिन १६ करोड ७० लाख, तेस्रो दिन १८ करोड ७५ लाख, चौथो दिन २१ करोड ५१ लाख र पाँचौ दिन ८ करोड २५ लाख कलेक्सन गरेको मार्केट एनालिस्ट तरन आदर्शले जनाएको छ ।यो फिल्मले अबको दुई दिनमा सय करोडको आँकडा पार गर्ने सम्भावना देखाएको छ ।

पहिलो दिन २१ करोड ६ लाख कमाउँदै अनुराग सिंहले निर्देशन गरेको यस फिल्मले २०१९ को सबैभन्दा ठूलो ओपनिङको रेकर्ड आफ्नो नाम गरेको छ । तीन दिनमा ५० करोडको आँकडा पार गर्ने पनि यो यस वर्षको पहिलो फिल्म बनेको छ । चार दिनमा ७५ कमाउने र ओपनिङ विकेन्डमा सबैभन्दा बढी कमाउने फिल्म पनि ‘केसरी’ बन्न सफल भएको छ ।

Advertisement

‘केसरी’ को निर्माण करण जौहरको प्रोडक्सनले गरेको हो । फिल्ममा अक्षयले हवलदार ईशर सिंहको भूमिका निभाएका छन् । उनको अपोजिटमा परिणिति चोपडा छिन् । सारागढीको ऐतिहासिक युद्धमा फिल्म आधारित छ, जसमा ब्रिटिश इन्डिया आर्मीका मात्र २१ सिख सैनिकले १० हजार अफगानीसँग लडाइँ लडेका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top