सुरुङमार्ग बनाउने कम्पनीको सञ्चालक समिति विघटन, पावर चाईनासँग ज्वाइन्ट भेञ्चर

१२ चैत ७५, मंगलबार

काठमाडौं ,चैत १२

Advertisement

काठमाडौं–कुलेखानी–हेटौँडा सुरुङमार्ग बनाउने नेपाल पूर्वाधार विकास कम्पनीको सञ्चालक समिति विघटन भएको छ । चैत ९ गते सम्पन्न कम्पनीको बिशेष साधारण सभाले ९ सदस्यीय सञ्चालका समिति गठन गरेर ३ सदस्यीय तदर्थ समिति गठन गरेको हो । बिशेष साधारण सभाले गैर आवासिय नेपाली संघका अध्यक्ष भवन भट्ट, सुभाषचन्द्र ठकुरी र नविल कँडेल सहभागी रहेको तदर्थ समिति गठन गरेको हो ।

भट्टलाई अध्यक्ष तोकेको बिशेष साधारण सभाले ठूला लगानीकर्ताका तर्फबाट अन्य २ जनालाई तदर्थ समितिमा नियुक्त गर्ने निर्णय पनि गरेको छ । ‘९ सदस्यीय सञ्चालक समिति विघटन गरेर ३ सदस्यीय तदर्थ समिति गठन गरेका छौं, ठुला लगानीकर्ताका तर्फबाट २ जना थप गरिनेछ’, तदर्थ समितिका सदस्य सुभाषचन्द्र ठकुरीले विकासन्युजसँग भने ।

Advertisement

बिशेष साधारण सभाको निर्णयसँगै नेपाल पूर्वाधार विकास कम्पनीबाट संस्थापक अध्यक्ष कुश कुमार जोशी, पूर्व अध्यक्ष लाल कृष्ण केसी, नुगल आनन्द वैद्य, जयराम लामिछाने, सुकुन्तलाल हिराचन र भुवनलाल श्रेष्ठ बाहिरिएका छन् । बिशेष साधारण सभाले पावर चाइना कम्पनीसँग जोइन्ट भेञ्चर कम्पनी स्थापना गरेर सुरुङ मार्ग निर्माणको कामलाई अघि बढाउने निर्णय समेत गरेको छ । त्यसका लागि आगामी असार १४ गते साधारण सभा बोलाउने निर्णय पनि बिशेष साधारण सभाले गरेको छ ।

यस्ता छन् बिशेष साधारण सभाका अन्य निर्णय
नेपाल पूर्वाधार विकास कम्पनीको बिशेष साधारण सभाले कम्पनीको लेखा परिक्षक नियुक्त गर्ने सञ्चालक समितिको निर्णय अनुमोदन गरेको छ । त्यस्तै, पावर चाइनासँग ज्वाइन्ट भेञ्चर कम्पनी स्थापनाका लागि सरकारसँग सहमति माग्ने, आन्तरिक र संस्थागत लगानी खोज्ने, जग्गा प्राप्तिका लागि आवश्यक प्रक्रिया अघि बढाउने निर्णय पनि गरेको छ ।

Advertisement

निर्माणका लागि आवश्यक समिति र संरचनाहरु निर्माण गर्ने, ट्रयाक ओपन लगायतका निर्माण कार्य गर्न अघि पूर्व तयारीका काम सम्पन्न गर्ने लगायतका निर्णय गरेको ठकुरीले जानकारी दिए ।(विकास न्युजबाट)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top