मोरङ व्यापार संघका चार जना ‘क्याप ईण्डिया २०१९’ मा सहभागी

१३ चैत ७५, बिहीबार

विराटनगर, चैत १३

भारत सरकार, वाणिज्य तथा उद्योग मन्त्रालयको मुख्य आयोजना चौथो संस्करणको रुपमा ‘क्याप ईण्डिया २०१९’ को नामबाट आयोजित अन्तर्राष्ट्रिय स्तरको महोत्सवमा मोरंग व्यापार संघबाट वरिष्ठ उपाध्यक्ष प्रकाश मुन्दडा, महासचिव नविन रिजाल, सचिव अनिल साह र का.का. सदस्य देवाशिष गोल्छाको सहभागिता रहेको छ ।

विश्वका क्रेता तथा विक्रेता एवंम् निर्माणकर्ताहरुलाई एउटै छानामुखी समाबेश गराउने र उद्योग व्यवसायलाई मुख्य आधार बनाई भारतको मुम्बाई मा २०७५ चैत्र १२ गतेदेखि १४ गते (मार्च २६–२८२०१९) सम्म आयोजना हुने उक्त कार्यक्रमका लागि नेपालभरीबाट १० जनाको छनौट गरी सहभागिता गराइएको हो ।

Advertisement

अन्तर्राष्ट्रिय स्तरको व्यवसायिक प्रवद्र्धनलाई मध्यनगर गरी विभिन्न उद्योग संचालक एवं व्यापार व्यासाय क्षेत्रसँग सम्बन्धी व्यक्तिहरुसँग संजाल हुने उद्देश्यका साथ विश्वका ३८ देश तथा पाँच हजार भन्दा बढी व्यवसायीहरुको सहभागिता रहेको यस महोत्सवमा करिव सातसय भारतीय प्रदर्शक तथा तथा चारसय भन्दा बढी विदेशी खरिदकर्ताहरुले सहभागिता जनाउने छन् ।

Advertisement

यस महोत्सवबाट एकअर्कामा चिनजान, व्यवसायिक अवसरहरु, लगानी, प्रविधि लगायतका साहयोग र एकदेश वाट अर्को देशमा व्यवसाय गर्नका लागि आवश्यक सम्भावनाको बाटो निर्माण गर्नेछ ।  यस चौथो संस्करणको क्याप ईण्डीया २०१९मा रसायनिक, प्लाष्टिक, निर्माणजन्य, उत्खन्न, वनजन्य तथा दैनिक उपभोग्य वस्तु आदिसँग सम्बन्धित उत्पादनहरु एवं मेशिनरी सामानहरुको व्यापक प्रदर्शनी भई रहेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top