काठमाडौँ, चैत १५
प्रदेश २ मा एसईई परीक्षाको सामाजिक विषयको प्रश्नपत्र आउट भएको पुष्टि भएको छ । बिहीबार रातिदेखि नै सामाजिक सञ्जालमा प्रश्नपत्र भाइरल भएको थियो ।
परीक्षा नियन्त्रण कार्यालयको साढे ७ बजे बसेको आकस्मिक बोर्ड बैठकले प्रश्नपत्र खोलेर हेरेपछि प्रश्न पत्र आउट भएको पुष्टि भएको हो ।सामाजिक सञ्जालमा भाइरल भएपछि परीक्षा नियन्त्रण कार्यालयले आकस्मिक बोर्ड बैठक डाकेको थियो ।
कार्यालयका उप नियन्त्रक चेतनाथ शर्माले प्रश्न पत्र आउट भएको पुष्टि पछि प्रदेश २ को शुक्रबारको परीक्षा रद्द गरिएको जानकारी दिए। अर्को परीक्षा कहिले गर्ने भन्नेबारे मिति केहीबेर पछि निर्णय हुने शर्माले जानकारी दिए ।
रातो कागजमा छापिएको प्रश्नपत्र सहित सामाजिक सञ्जालमा बिहीबार रातिदेखि नै प्रशस्तै पोष्टहरु गरिएको थियो।बिहीबार प्रदेश नम्बर २ को विज्ञान विषयको प्रश्नपत्र पनि परीक्षा सुरु हुनु अगावै बाहिरिएको थियो।
सप्तरी जिल्लाबाट प्रश्नपत्र बाहिरएको सूचना पाएपछि बोर्डले प्रदेश २ को उक्त विषयको परीक्षा रद्द गरेको छ।