३५ हजार घुससहित विराटनगरबाट सहायक वन अधिकृत पक्राउ

३५ हजार घुससहित विराटनगरबाट सहायक वन अधिकृत पक्राउ

विराटनगर, चैत १५
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सव डिभिजन वन कार्यालय, लाटीझोडा, मोरंङका सहायक वन अधिकृत सलाउदिन अन्सारीलाई शुबmबार दिउँसो घुससहित पक्राउ गरेको छ । सहायक वन अधिकृत अन्सारीले वन पैदावार उपलब्ध गराउन सिफारिस गरिदिए बापत सेवाग्राहीसँग घुस रकम माग गरेको सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले निगरानी गरेको थियो ।

निगरानीको आधारमा अन्सारीले जिल्ला वन कार्यालय मोरङ विराटनगर परिसरमा सेवाग्राहीसँग ३५ हजार घुस लिँदै गर्दा अख्तियारले पक्राउ गरेको हो । सब डिभिजन प्रमुख अन्सारीले मोरङको केराबारी गाउँपालिका र सुन्दरहरैचा नगरपालिका भित्र पर्ने १७ वटा सामुदायिक वन र एउटा साझेदारी वनको हेर्ने जिम्मेवारी पाएका थिए । उनले लाटीझोडा साझेदारी वन पनि हेर्दै आएका छन् ।

अन्सारीले सामुदायिक वनको रुख कटान गर्ने अनुमति सिफारिस पत्र बनाइदिनको लागि समितिसँग बारम्बार घुस माग्ने गरेको उजुरी इटहरीस्थित अख्यितारको कार्यालयमा पुगेको थियो । सामुदायिका वनको समिति र उपभोक्तासँग घुस लिएर हैरान बनाएको उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीका डिएसपी डिल्लीनारयण पाण्डेको टोलीले सब डिभिजन प्रमुख अन्सारीलाई घुस सहित रंगेहात नियन्त्रणमा लिएको हो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.