हावाहुरीले घर भत्काउँदा पाँच जनाको मृत्यु

१७ चैत २०७५, आइतबार
Share this
708shares

आइतबार साँझ हावाहुरीसहित परेको पानीले बारामा पाँच जनाको ज्यान लिएको छ।

Advertisement

सदरमुकामबाट चार किलोमिटर टाढा फेटा गाउँपालिका-१ भलुई भरवलियामा हावाहुरीले घर भत्काउँदा पाँच जनाको मृत्यु भएको हो। हावाहुरीले रुख र बिजुलीको पोल ढाल्दा घाइतेको उद्धारमा कठिनाइ भएको घटनास्थलमा रहेका प्रहरी निरीक्षक मोहनमान श्रेष्ठले जानकारी दिए।

अहिलेसम्म पाँच जनाको शव भेटिएको र दर्जनौ घाइतेलाई उपचारका लागि वीरगन्ज पठाइएको एसपी सानुराम भट्टराईले जानकारी दिए।

Advertisement

 

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top