×

NEPAL TIMES UPDATES

Playing
अध्यादेशमा विपक्षीले सरकार घेरे, रास्वपाको बचाउ, शीतल निवासतर्फ ध्यान || Nepal Times
Apr 30, 2026
Playing
१२ सय राजनीतिक नियुक्ति एकै पटक खारेज गर्दै बालेन सरकार || Nepal Times
Apr 30, 2026
Playing
रास्वपा सांसदलाई रविका १२ बुँदे निर्देशन, आफै कानून नबन्नु || Nepal Times
Apr 29, 2026
Playing
डिएलएसमा नेपाल १०२ रनले पराजित || Nepal Times
Apr 29, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-16-2083 || Nepal Times
Apr 29, 2026
Playing
अदृश्य रूपमा किन झन्झन् सक्रिय बन्दै छ सेना ? || Nepal Times
Apr 29, 2026
Playing
Iranले Americaको फाइटर जेट्स कसरी झार्यो ? || Nepal Times
Apr 29, 2026
Playing
अध्यादेशको विरोध गर्ने रवि अहिले कसरी समर्थक?अध्यादेश दल फुटाउन र सुविधा लिन होइन || Nepal Times
Apr 29, 2026
Playing
ओली एमाले भित्र कसरी बोझ बने ? || Nepal Times
Apr 29, 2026
Playing
प्रचण्डमाथि भर छैन, ओली हटाएर एमाले पुनर्गठन गर्ने, जनतासंग माफी माग्ने || Nepal Times
Apr 29, 2026

आईपीएल : दिल्लीको तेस्रो जित,हारसँगै बेंगलोरको प्ले अफको संभावना कठिन

२४ चैत्र २०७५

एजेन्सी, चैत २४
इन्डियन प्रिमियर लिग (आइपीएल)मा दिल्ली डेयरडेभिल्सले रोयल च्यालेञ्जर्स बेंग्लोरलाई पराजित गरेको छ ।आईतबार राती बेंग्लोरको घरेलु मैदान चेन्नास्वामी क्रिकेट स्टेडियममा सम्पन्न खेलमा दिल्लीले बेंग्लोरलाई ४ विकेटले पराजित गरेको हो । जारी प्रतियोगितामा कुनै पनि खेल नजितेको बैंग्लोरको यो छैटँौ हार हो भने दिल्लीको तेस्रो जित हो । हारपछि बैंग्लोरको शिर्ष चारमा पुग्ने संभावना लगभग सकिएको छ ।

१ सय ५० रनको विजयी लक्ष्य दिल्लीले ओभरमा १८.५ विकेटको ६ क्षतिमा पुरा गर्यो । दिल्लीको सहज जितमा कप्तान श्रेयस ऐरले ५० बलमा ८ चौका र २ छक्का प्रहार गर्दै ६७ रनमा आउट भए । ऐरलाई १८ ओभरको तेस्रो बलमा नवदीप सैनीले युजवेन्द्र चाहालबाट क्याच आउट गराएका थिए । ओपनर पृथ्वी शाले २२ बलमा ५ चौका प्रहार गर्दै २८,शिखर धवन शुन्य र कोलिन इनग्राम २२ रनमा आउट भए । विकेटकीपर ऋषभ पन्त १८ रनमा आउट हुँदा अक्षर पटेल ४ रनमा अविजित रहे ।

Advertisement
Advertisement

पृथ्वी शा ले तेस्रो ओभरमा टिम साउदीलाई लगातार पाँच चौका प्रहार गरेका थिए । बेंगलोरका नवदीप सैनीले २ तथा पवन निगी,टिम साउदी,मोइन अली र मोहम्मद सिराजले समान १ विकेट लिए । बेंगलोरले फिल्डिङमा थुप्रै पटक गल्ती गरेको थियो ।त्यस अघि घरेलु मैदान चिन्नास्वामी स्टेडियमा टस हारेर पहिला ब्याटिङको थालेको बेंगलोरले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ४९ रन बनाएको थियो। बेंगलोरका लागि कप्तान विराट कोहलीले ३३ बलमा १ चौका र २ छक्का प्रहार गर्दै ४१ रनको योगदान दिए। मोइन अलीले १८ बलमा ३ छक्का र १ चौका प्रहार गर्दै ३२,पार्थिव पटेल ९,एवी डी भिलियर्स १७, मार्कस स्टोइनिस १५ र अक्ष्यदीप नाथ १९ रनमा आउट भए । अन्य ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न सकेनन् ।

दिल्लीका कागीसो रबाडाले ४ ओभरमा २१ रन खर्चेर ४ विकेट लिए । क्रिस मोरिसले २,अक्षर पटेल र सन्दीप लामिछानेले समान १ विकेट लिए । सन्दीपले १ विकेट लिन ४ ओभरमा ४६ रन खर्चिए । यो विकेट सँगै उनको टि– ट्वान्टीमा ५० विकेट पुरा गरेका छन् । उनले जम्मा ४० खेलबाट ५० विकेट लिएका हुन् ।

यो हारसँगै बेंगलोरको प्ले अफको संभावना अंक गणितीय मात्र बाँकी छ । बाँकी सबै खेलमा फराकिलो अन्तरले विजयी भए र अन्य टोलीको नतिजा आफु अनुकुल आउन सकेमात्र बेंगलोर नाटकीय रुपमा प्ले अफमा पुग्ने छ । दिल्ली ६ खेलमा ३ मा जित र ३ मा हारका साथ अंक तालिकामा पाँचौ स्थानमा छ ।

यस्तो रह्यो सन्दीपको ४ ओभर

बेंग्लोर विरुद्धको खेलमा नेपाली स्पिनर सन्दीप लामिछानेले भने सामान्य प्रदर्शन गरे । सन्दीपलाई दिल्लीले १० औं ओभरमा बलिङ गर्न ल्याएको थियो । मार्कस स्टोइनिसले पहलो बलमै स्टेटमा छक्का प्रहार गरे । दोस्रो बल डट गराउँदा तेस्रो बलमा स्टोइसनिसले १ रन लिदै स्ट्राईक कप्तान कोहलीलाई दिए । अन्य तीन बलमा सन्दीपले तीन रन खर्चिए ।

१२ औं ओभरमा सन्दीपले ६ रन खर्चिए । कोहलीले पहिलो,तेस्रो र पाँचौ तथा अलीले दोस्रो,चौथो र छैटौं बलमा १९१ गरि सिंगल लिएका थिए ।१५ ओभरको पहिलो बलमा अलीले सन्दीपलाई छक्का प्रहार गरे । सन्दीपले दोस्रो बल डट गराउँदा तेस्रो बलमा विकेटकीपर ऋषभ पन्तबाट स्टम्पिङ आउट गराउँदै आफ्नो नाममा १ विकेट लेखाए । चौथो बलमा अक्षदिप नाथले चौका प्रहार गरे । पाँचौ बल डट र छैटौं बलमा १ रन दिए ।

Advertisement

१७ ओभरको पहिलो बलमा विराट कोहलीले १ रन लिए । दोस्रो बलमा नाथले चौका प्रहार गरे । तेस्रो बलमा नाथले एक रन लिदै स्ट्राइक विराटलाई दिए । चौथो र पाँचौ बलमा विराट कोहलीले सन्दीपलाई छक्का प्रहार गरेपछि सन्दीप महँगो सावित हुन पुगे । अन्तिम बलमा १ रन दिदै आफ्नो स्पेल सकाए । सम्रगमा सन्दीपले यस ओभरमा १९ रन खर्चिए ।

भर्खरको समाचार

विष्णु पौडेलले प्रचण्डलाई पत्याएनन्,प्रचण्डले कम्युनिष्टको नेतृत्व गर्न सक्दैनन्

kp-oli-prachanda_epzIIIIFQI

सुदनमाथि अर्काे अन्याय

sudhangurung30320261029351000x0-1775222839

विराटनगर जुटमिलमा डोजर चल्ने,१४ बिगाहा अतिक्रमण, ६ सय परिवार हटाइने

brt-jute-mill-2_1516020317t

सुदूरपश्चिमदेखि कोशीसम्म आज रातभर तीव्र हावाहुरी चल्ने

mausam-2075-12-18-768x388

नेपाली सेनाले सुकुम्बासी बस्तीको विवरण किन खोज्यो ?

Balen and Harka_NPL (11)

के साँच्चै बादल चोर्न सम्भव छ? प्रकृतिको प्रकोप कि राजनीतिक अस्त्र?

1607456110344

अध्यादेशविरुद्ध विपक्षीहरूको बैठक, रास्वपामै मतभेद

df93fd9b-df47-4fa2-9f70-d8b50432f5cb

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

सम्बन्धित खबरहरु

Scroll to Top