×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || May-09-2026 || Nepal Times
May 09, 2026
Playing
प्रस्तावित प्रधानन्यायाधीसविरुद्ध उजुरी आह्वान, बार के भन्छ ? || Nepal Times
May 09, 2026
Playing
कता जाँदै छ सुकुम्बासी आन्दो*लन ?|| Nepal Times
May 09, 2026
Playing
मंगलबारसम्म वर्षा–हिमपात र हावाहुरी, आज काठमाडौंमा हल्का वर्षा|| Nepal Times
May 09, 2026
Playing
युएस–इरानबीच गो*ली हा*नाहान, भारतीय जहाज डु*ब्यो, चिनियाँ जहाजमा आक्र*मण|| Nepal Times
May 09, 2026
Playing
काठमाडौं–दिल्ली कुटनीतिक वा*रः विदेश सचिवको नेपाल भ्रमण स्थगित|| Nepal Times
May 09, 2026
Playing
हान्टा भाइ*रसको त्रास: तीन जनाको मृ*त्युपछि विश्वभर त्रा*स|| Nepal Times
May 09, 2026
Playing
नेपाली मूलका उम्मेदवारको उल्लेख्य सफलता, केही पराजित|| Nepal Times
May 09, 2026
Playing
सुकुम्बासीमा डोजर लगाउन सर्वाेच्चले रोक्यो|| Nepal Times
May 08, 2026
Playing
आशाको केन्द्र मानिएका गगन मौनताको ओडारमा || Nepal Times
May 08, 2026

समस्यामा फसेको कोशी करिडोरको काम शुरु

२४ चैत्र २०७५

काठमाडौँ,चैत २४

लामो समयदेखि अवरोधको सामान गर्दै आएको कोशी करिडोर प्रसारण लाइनको काम शुरु भएको छ । प्रसारण लाइन निर्माणका लागि मार्गपरिवर्तन गर्न धरान उपमहानगरपालिकाले पटक÷पटक आग्रह गर्दै आएको थियो ।

Advertisement
Advertisement

कूल २२० केभी क्षमताको सो प्रसारण लाइनमा गत मङ्सिरदेखि नै अवरोध हुँदै आएको थियो । प्राधिकरणले नै तय गरेको स्थानबाट प्रसारणलाइन निर्माण गर्ने विषयमा सहमति जुटेपछि निर्माण व्यवसायीले यही चैत २१ गते बिहीबारदेखि स्थानीय विष्णुपादुका क्षेत्रमा प्रसारणलाइन निर्माणको काम शुरु गरेको छ । आयोजनाको प्रस्तावित मार्गबाटै प्रसारणलाइन निर्माण गर्न उपमहानगरपालिका सहमत भएपछि काम शुरु गरिएको आयोजना प्रमुख राजन ढकालले जानकारी दिए ।

‘कूल १७ टावर निर्माणमा अवरोध थियो, पटक-पटक भएको छलफलबाट वडाध्यक्षलगायत प्रस्तावित मार्गबाटै प्रसारण लाइन लैजान दिन तयार भएपछि निर्माण शुरु गरिएको छ, प्रभावलाई न्यूनीकरण गर्न आयोजनाले स्थानीयरुपमा गर्नसक्ने सामुदायिक विकासका कार्यक्रम सञ्चालन गरिने छ’, उनले भने ।

समस्या समाधानका लागि प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले विशेष पहल गरेका थिए । समस्या समाधानका लागि मुख्यमन्त्री राईले धरान उपमहानगरपालिका र स्थानीय सरोकार भएका व्यक्तिसँग पहल गरेका थिए । रणनीतिक महत्वको उक्त प्रसारण लाइनमा देखिएको समस्या समाधान गरिदिन नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आग्रह गरेका थिए ।

प्राधिकरणको आग्रहपछि मुख्यमन्त्री राईले उपमहानगरपालिका प्रमुख, वडाध्यक्ष, त्यस क्षेत्रका सङ्घ तथा प्रदेशका सांसदलगायतसँग पटक÷पटक छलफल गरेका थिए । उनले प्रसारणलाइन रहने क्षेत्रको स्थलगत निरीक्षणसमेत गरी राष्ट्रिय महत्वको आयोजनामा कुनै अवरोध गर्न नहुने भन्दै विश्वासमा लिएका थिए ।

उपमहानगरपालिकाका कार्यबाहक प्रमुख मञ्जु भण्डारीले गत मङ्सिर २८ गते प्रस्तावित मार्गबाट प्रसारण लाइनको निर्माण गरिएको विष्णुपादुका क्षेत्रमा स्थापित, निर्माणाधीन र पहिचान भएका पर्यटकीय स्थललाई प्रत्यक्ष-अप्रत्यक्ष रुपमा नकारात्मक असर पर्ने भन्दै त्यसलाई करीब दुई सय मिटर पश्चिमबाट लैजान प्राधिकरणलाई लिखित रुपमै आग्रह गरेका थिए । सोही आग्रहपछि प्रसारण लाइनको काम रोकिएको थियो ।

कोशी करिडोर प्रसारण लाइनले कुनै असर नपर्ने र आयोजनामा समस्या आए निर्माणाधीन अवस्थामा रहेका जलविद्युत् आयोजनाबाट उत्पादन हुने अनुमानित ५५० मेगावाट विद्युत् खेर जाने अवस्था आउने भन्दै प्रवद्र्धकले गुनासो गदै आएका थिए । राष्ट्रिय आवश्यकतामा समेत समस्या देखिने भएकाले प्रसारण लाइनको मार्ग परिवर्तन गर्न प्राधिकरण र प्रवद्र्धकले अस्वीकार गरेका थिए ।

प्रसारण लाइनले कुनै असर नगर्ने भन्दै प्राधिकरणले पुनःसर्वेक्षण गरी स्थानीयवासीको माग सम्बोधन गरेको र सबै प्रक्रिया पूरा गरी निर्माण भएकाले मार्गपरिवर्तन गर्न नसकिने अडानमा प्राधिकरण रहँदै आएको थियो । गत पुसमा मुख्यमन्त्री राईको उपस्थितिमा धरानमा भएको सरोकारवालाको भेलाले समस्या पहिचान गरी र समाधानका उपाय खोज्न कार्यदल गठन गरेको थियो ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीको संयोजकत्वमा गठित कार्यदलमा वडाध्यक्ष, आयोजना प्रमुख, उपमहानगरपालिकाका इञ्जिनीयर, सरोकार समिति, ठेकेदार तथा परामर्शदाता कम्पनी, स्थानीय राजनीतिक दलबाट एक÷एकजना प्रतिनिधि सहभागी थिए । कार्यदलले मार्गपरिवर्तन गर्न नसकिने प्रतिवेदन तयार पारेको थियो । तर, सो प्रतिवेदनमा स्थानीय राजनीतिक दल र सरोकार समितिका प्रतिनिधिले हस्ताक्षर गर्न अस्वीकार गरेका थिए ।

प्राधिकरणले हाल प्रसारणलाइनको मार्ग भेँडेटार–छोटी, मोरङ–सर्दू जलाधार क्षेत्र, तमाखाम–सालबोटे–चिण्डे, डाँडा–भञ्ज्याङ–गोर्खा मेमोरियल पार्क–जलकन्या सामुदायिक वन हुँदै लैजाने प्रस्ताव गरिएको छ । सहमतिपछि अब सोही मार्ग हुँदै प्रसारणलाइन निर्माण हुनेछ ।

नेपाल सरकार, प्राधिकरण र भारतीय आयात निर्यात बैंकको सहुलियतपूर्ण ऋणमा १ नं प्रदेशकाा भोजपुर, सङ्खुवासभा, तेह्रथुम र ताप्लेजुङमा निर्माण हुने जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्न उक्त करिडोरको निर्माण गर्न लागिएको हो ।

प्राधिकरणले निजी क्षेत्रका २८ आयोजनाको ५१६ मेगावाट विद्युत् यही प्रसारणलाइनमा जोड्ने गरी विद्युत् खरीद सम्झौता गरिसकेको छ । ती आयोजना निर्माणको विभिन्न चरणमा रहेका छन् । प्राधिकरणले प्रसारण लाइन निर्माण गर्न नसकेमा ती आयोजनाबाट उत्पादित विद्युत् खेर जाने सन्त्राष बढेर गएको थियो ।

करिडोरको पहिलो खण्डमा इनरुवा–वसन्तपुर–बानेश्वर–तुम्लिङटार १०५ किलोमिटर २२० केभी डबल सर्किट प्रसारण लाइनको निर्माण सन् २०१९ को जुनमा सक्नुपर्ने समयसीमा रहेको छ । सो करिडोरमा पर्ने कूल ३२० वटा टावरमध्ये २१० वटाको जग हालिएको र ९० वटा खडा गरिसकिएको आयोजना प्रमुख ढकालले जानकारी दिए ।

केही दिनभित्रै तार तान्ने काम शुरु हुने उनको भनाइ छ । आयोजनाको अनुमानितलागत करीब रु तीन अर्ब ८० करोड रहेको छ । दोस्रो खण्डको इनरुवा, वसन्तपुर, बानेश्वर र तुम्लिङटारमा २२० केभीको सव स्टेसन निर्माण फेबु्रअरी २०२०मा सक्ने लक्ष्यका साथ काम भइरहेको छ । यो प्याकेजको अनुमानित लागत करीब रु दुई अर्ब ६० करोड बराबर छ ।

तेस्रो खण्डमा वसन्तपुर–ढुङ्गेसाँघु (ताप्लेजुङ) ३३ किलोमिटर प्रसारणलाइन निर्माणका लागि ठेक्का सम्झौता भई काम शुरु भइसकेको छ । कूल अनुमानित लागत रु दुई अर्ब २५ करोड रहेको सो खण्डको काम सन् २०२० डिसेम्बरमा सक्ने लक्ष्य राखिएको छ ।

Advertisement
Advertisement

–रमेश लम्साल/रासस

भर्खरको समाचार

भुक्तानी विवादले रोकियो राष्ट्रिय सपना गौतमबुद्ध रंगशालाको काम

GautamBuddhacricketstadium_20211223141704 (1)

लिपुलेकबारे बालेन सरकारले अब भारतसँग वार्ता गर्ने

MixCollage-08-May-2026-03-47-PM-2837

नेपालको पासपोर्ट विश्वका सबैभन्दा कमजोर देशहरूको सूचीमा

Passports-1024x672

हर्कको राजनीतिःआफ्नै दलको उपसभामुखविरुद्ध खेद जनाए

Screenshot 2026-05-08 152545

युएईमा क्षेप्यास्त्र र ड्रोन खतरा, नागरिकलाई गराइयो अलर्ट

UAE-FLAG-ILOE-scheme-1

संघीयताको जननी मधेशमै संघीयता धरापमा, जनमतको फोहोरी खेल

ck-raut_nwdI37ZBNo

चीनका दुई पूर्वरक्षामन्त्रीलाई सुनाइयो मृत्युदण्ड

Screenshot 2026-05-08 144358

सूर्यमुखी तेल उत्पादक कम्पनीका सञ्चालक पक्राउ

Screenshot 2026-05-08 143549

स्ट्रेट अफ होर्मुजमा अमेरिका र इरानबीच भिषण भिडन्त

HORMUZ

प्रधानन्यायाधीश सिफारिसमा प्रश्न उठाउनेलाई बालेनले दिए जवाफ

manoj_sharma-750x375@2x

सम्बन्धित खबरहरु

Scroll to Top