×

NEPAL TIMES UPDATES

Playing
इरानका यी कमाण्डर, जसले युद्ध र वार्ताको रुप बदल्न सक्छन् || Nepal Times
May 21, 2026
Playing
शाकिराको ‘दाइ दाइ’ले विश्वकप तताउँदै, फाइनलको १५ मिनेट शाकिराको जादु #shakira #fifaworldcup#ronaldo
May 21, 2026
Playing
सभामुखको गरिमा राख्ने सभामुखहरु को हुन् ? || Nepal Times
May 21, 2026
Playing
F–35, J–36,MiG–41 जस्ता फाइटर जेटको काल बन्न आउँदैछ AI लडाकु || Nepal Times
May 21, 2026
Playing
सामसुङमा बोनसको खेल, ४८ हजार श्रमिकको हड्ताल रोकियो|| Nepal Times
May 21, 2026
Playing
World News: Cubaलाई कस्दै America, Indiaमा ‘कक्रोच जनता पार्टी’को तहल्का || Nepal Times
May 21, 2026
Playing
नेपालमा बाँदर आतंक, किन बन्यो राष्ट्रिय बहस?कसरी गर्ने समाधान ?|| Nepal Times
May 21, 2026
Playing
विश्वकप लिग–२ः भोलि अन्तिम खेलमा अमेरिकासँग भिड्दै नेपाल || Nepal Times
May 21, 2026
Playing
कक्रोच जनता पार्टी भारतमा कसरी जन्मियो ?ब्क्ष् ले कसरी चमत्कार ग¥यो?|| Nepal Times
May 21, 2026
Playing
Top 15 Afternoon News || May-21-2026 || Nepal Times
May 21, 2026

आईपीएल : राजस्थानलाई हराउँदै कोलकाता शीर्षस्थानमा

२५ चैत्र २०७५

एजेन्सी,चैत २५
जारी इन्डियन प्रिमियर लिग(आईपीएल)मा कोलकता नाइट राइडर्स शिर्ष स्थानमा उक्लिएको छ । आइतबार राती जयपुरमा सम्पन्न खेलमा राजस्थान रोयल्सलाई ८ विकेटले हराउँदै शिर्ष स्थान उक्लिन सफल भएको हो ।

१ सय ४० रनको सामान्य लक्ष्य पछ्पाएको कोलकताले १३.५ ओभरमा २ विकेटको क्षतिमा सहजै पुरा गर्यो । कोलकताको सहज जितमाओपनर सुनिल नारायणले २५ बलमा ६ चौका र ३ छक्का प्रहार गर्दै ४७ रनमा आउट भए । अर्का ओपनर क्रिस लिनले ३२ बलमा ६ चौका र ३ छक्का प्रहार गर्दै ५० रनमा आउट भए । त्यस्तै रोबिन उथप्पा २६ र शुभ्मन गिल ६ रनमा नट आउट रहे ।

Advertisement
Advertisement

कोलकतालाई सहज जित दिलाउन ओपनर सुनिल नारायण र क्रिस लिनले पहिलो विकेटका लागि ८.३ ओभरमा ९१ रनको साझेदारी गरेका थिए । यी दुईबीचको साझेदारी श्रेयस गोपालले स्टिभ स्मिथबाट नारायणलाई क्याच गराउँदै तोडेका थिए । ठूलो शट प्रहार गर्ने धुनमा ११ औं ओभरको पाँचौ बलमा क्रिस लिनलाई श्रेयस गोपालले क्याच आउट गराए । राजस्थानका लागि दुवै विकेट श्रेयस गोपालले लिए । अन्य कुनै पनि बलरले विकेट लिन सकेनन् ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको राजस्थानले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १ सय ३९ रन बनायो । राजस्थानका लागि स्टिभ स्मिथले ५९ बलमा ७ चौका र १ छक्का प्रहार गर्दै ७३ रनमा अविजित पाली खेलेपनि त्यो जितको लागि प्राप्त भएन ।

ओपनर जस बटलरले ३४ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै ३७ रनमा आउट भए । बटलरलाई पाँचौ ओभरको बलमा हेरी गर्नीले सुभमन गिलबाट क्याच आउट गराए । कप्तान अजिंक्या रहाणे ५ र राहुल त्रिपाठ्ठी ६ रनमा आउट भए । कोलकताका ह्यारी गर्नीले २ र प्रसिद्ध कृष्णाले १ विकेट लिए ।

Advertisement
Advertisement

योसँगै कोलकताले ५ खेलमा ४ मा जित र १ मा हारका साथ ८ अंक जोड्दै शिर्ष स्थानमा उक्लिएको छ । दोस्रो स्थानमा रहेको चेन्नई सुपर किंग्स ५ खेलमा ४ मा जित र १ मा हार ब्यहोरेको छ । राजस्थान भने ५ खेलमा १ जितका साथ अंकतालिकाको सातौँ स्थानमा छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top