काठमाडौं । सरकारी चिकित्सक आन्दोलन शुरु भएको छैठौं दिन वीर अस्पताल परिषर भित्र ओपिडी सेवाको सुरुवात गरेका छन् । सरकारी चिकित्सक संघले विरामीको अवस्थालाई ध्यानमा राखि सेवा शुरु गरेको जानकारी दिँदै संघका अध्यक्ष डा. दिपेन्द्र पाण्डे सरकारीले चिकित्सकहरुको माग सुनवाई नगरे सम्म आन्दोलन जारी रहने बताए ।
संघका अध्यक्ष डा. पाण्डेका अनुसार ‘सरकारी चिकित्सक संघमा आवद्ध डाक्टरहरु नेपालका ७७ वटै जिल्लामा जान तयार छौं, सरकारले सुदुर पश्चिम र कर्णाली एवंम विकट ठाँउका चिकित्सकलाई काठमाडौं ल्याइरहेको यो अवस्थामा अब समायोजन मान्न भनिरहेको छ, यदि सरकारले गरेको सो निर्णय मान्ने हो भने सुदरपश्चिम, कर्णाली एवंम विकट ठाँउमा सेवा थप्प हुन्छ त्यसकारण जनताका लागि यो आन्दोलन गरेका हौं ।’
संघका अध्यक्ष पाण्डेले भने ‘आन्दोलन भईरहदाँ सरकारले विरामीको विचल्ली भयो भन्ने कुरालाई ध्यान नदिई दमनको नीति ल्याई पुलिस प्रशासनको प्रयोग गरि चिकित्सक माथि अभद्र व्यवहार गरेको छ । के चिकित्सकलाई पिटेर जबजस्ती विरामीको उपचारमा लगाउन सकिन्छ त ?’
६ दिनदेखि बन्द ओपिटी सेवा शुरु गर्दै टाढाबाट आएका विरामीलाई मध्यनजर गर्दै अस्पताल परिषरमा सेवा सुचारु गरिएको हो । सिन्धुलीका अल्सर तथा दमका रोगी ५९ वर्षिय विष्णुबहादुर पोख्रेल भन्छन् ‘यो आन्दोलनले म जस्ता धेरै बिरामी मारमा परिरहेका छन्, ९ दिनदेखि उपचारका लागि धाएको जानकारी गराए ।