एसइईको नतिजा : उत्तरपुस्तिका बुझ्ने कर्मचारीको समेत अभाव

काठमाडौ‌ं : यो वर्षको एसईई परीक्षाको परीक्षाफल ढिलो हुने सम्भावना भएको छ।कर्मचारीको अभावामा परीक्षाफल प्रकाशित हुन ढिलो हुने भएको हो। २६ जिल्लाका शिक्षा समन्वय समिति प्रमुखको संघ र प्रदेशमा समायोजन भएकोले ती जिल्लामा कस्ले उत्तरपुस्तिका बुझ्ने भन्ने विषयान टुङ्गै लागेको छैन।

२६ जिल्लाका शिक्षा प्रमुख अभाव हुने भएपछि परीक्षाफल प्रकाशित गर्न समस्या हुने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले कर्मचारी नभएकाले कतिपय जिल्लामा उत्तर पुस्तिका बुझ्नै समस्या भएको जानकारी दिए। उनले भने, ‘कर्मचारीको चरम अभाव देखिएको छ, कसरी समयमै परीक्षाफल प्रकाशित गर्ने ?’

कतिपय जिल्लामा उत्तरपुस्तिका बुझ्ने कर्मचारी नै छैनन् । समायोजनमा परेका कर्मचारी संघ र स्थानीयमा जान थालिसकेका छन्। यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top